0
गोल्डेन न्यूज संवाददाता पोखरा उपमहानगरपालिकाको कार्यकारी अधिकृतमा पुनः झलकराम अधिकारी आउने भएका छन् । कास्कीको ढिकुरपोखरीका वासिन्दा अधिकारी केही वर्षदेखि भने पोखराको पस्र्याङस्थित आप्mनै घरमा बस्दै आएका थिए । स्थानीय विकास मन्त्रालयले अधिकारीलाई पोखरा ल्याउने निर्णय आइतबार गरेपछि सोमबार नै उनी पोखरा आउने भएका छन् । पोखरा उपमहानगरपालिकामा दुई बर्षे कार्यकाल सकेर गत बषको असोजमा धनुषाको स्थानीय विकास अधिकारीमा सरुवा भएका उनी पुनः पोखरा उपमहानगरपालिकामै कार्यकारी अधिकृतको रुपमा फर्किने भएका हुन् ।  वि.सं. २०६९ कार्तिक १६ गते पोखरा आएका उनी २०७१ असोजमा सरुवा भई धनुषा पुगेका थिए । राप्रपा नेपालले स्थानीय विकास मन्त्रालय सम्हालेपछि दोस्रो कार्याकालको लागि उनलाई पोखरा उपमहानगरपालिकामा सरुवा गर्ने निर्णय आईतवार भएको हो ।
 
अधिकारी पछि कार्यकारीको रुपमा महेश बराल आएपनि उनि लामो समय टिक्न सकेनन् । त्यसपछि आएका उदय बहादुर रानालाई बिस्थापित गर्दै अधिकारी पुनः पोखरा उपमहानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्न आउदैछन् । अधिकारीको यसअघिको कार्यकालमा पोखरा उप–महानगरपालिका कार्यालयको आन्तरिक सुधारको साथै पोखराको विकासमा केही महत्वपूर्ण काम भएका थिए । उनले कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको एक बर्ष भित्रमा उनले एशियाली विकास बैंकको कालो सूचीमा रहेको उपमहानगरपालिकालाई कालोसूची मुक्त गराएका थिए । उनकै कार्यकालमा पोखरा उप–महानगरपालिका मुलुककै उत्कृष्ट तेस्रो नगरपालिकाको रुपमा पुरस्कृत भएको थियो । प्रशासकीय सुधार अन्तर्गत उनले अनाबश्यक ५५ जनाको दरबन्दी कटौती गरेका थिए । त्यस्तै कार्यालय भित्र सिसिटिभी जडान र बिद्युतिय हाजिरीको ब्यबस्था सहित सबै शाखामा सफ्ट्वयेर प्रणालीको सुरुवात गरेका थिए । नगरपालिकाकै कर्मचारीको ७१ लाख पेश्की असुर उपर गरी शुन्यमा झर्न उनी सफल भए । अधिकारीले उपमहानगरपालिकाको राजश्व बृद्धिदरमा पनि उलेख्य सुधार गरेको बताउँदै आएका थिए ।
 
पोखराको फुटपाथ ब्यबस्थापनका साथै न्यूरोड र लेकसाईडमा सौर्य बत्ती जडान पनि उनकै कार्यकालमा सम्पन्न भएका थिए । पोखरामा भवन निर्माण संहिता उनकै पालामा लागू भयो । उनले पोखराको एक मात्र सभाहल पोखरा सभागृह ब्यबस्थापनको लागि सार्बजनिक निजी साझेदारी अन्तर्गत निजि क्षेत्रलाई जिम्मा लगाएका थिए । अधिकारीले १६ बर्ष अघि लम्जुङको ढोडेनी गाबिसको सचिवको रुपमा सरकारी सेवा सुरु गरेका थिए ।



Post a Comment

 
Top