0
गोल्डेन न्यूज संवाददाता
ओम बचत तथा ऋण सहकारी संस्थाको सातौं साधारण सभा तथा तेश्रो अधिवेशनले विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रामप्रसाद अधिकारी, सचिवमा रमेशप्रसाद अधिकारी र कोषाध्यक्षमा दीपकप्रसाद अधिकारी सर्वसम्मत चयन भएका छन् ।  

त्यस्तै, सदस्यहरुमा कृष्णप्रसाद पौडेल, माधवप्रसाद अधिकारी, राधा अधिकारी, ईन्दुसागर पराजुली, केशवशरण पराजुली, तारा वराल पौडेल र रामविक्रम राणा चयन भएका छन् । यसैगरी लेखा समिति संयोजकमा विष्णुप्रसाद अधिकारी र सदस्यमा सरोज अधिकारी र माया पोखरेल सुवेदी चयन भएका छन्। साधारणसभाको अवसरमा उत्कृष्ट ऋणिमा विष्णुकुमारी सुवेदी देवकोटा, जेष्ठ सदस्य बाबुराम अधिकारी, सदस्यका छोराछोरी मध्ये गत वर्षको एसएलसीमा सर्बोत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुने छात्र अमित पराजुली र छात्रा सुजल पौडेललाई सम्मान गरिएको थियो । यसैगरी संस्थाका पूर्व अध्यक्ष भरतराज अधिकारी, पूर्व उपाध्यक्ष रामप्रसाद अधिकारी र कृयाशिल सदस्य वैकुण्ठ अधिकारीलाई पनि सम्मान गरिएको थियो । साधारणसभाको बन्दसत्रमा संस्थाका सचिव रमेशप्रसाद अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष दीपक अधिकारीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । 

संस्थाका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षता तथा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका सदस्य एवम् समावेशी बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष सिता गुरुङ, निर्वाचन समितिका संयोजक हरिप्रसाद अधिकारी लगायतले पनि बोलेका थिए ।


Post a Comment

 
Top