0
गोल्डेन न्यूज संवाददाता
पोखरा २३ मंसिर ।
महिलाहरु मात्र सदस्य रहेको लायन्स क्लव अफ पोखरा अर्पणले  लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ लाई ५ हजार रुपैयाँ प्रदान गरेको छ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा निर्माण गरिएको लायन्स पार्कमा विरुवा संरक्षणका लागि राखिएको ट्रिगार्डका लागि उक्त रकम प्रदान गरिएको हो । उक्त रकम डिष्ट्रिक्टका ट्रि प्लान्टेशन चिफ को–अर्डिनेटर तीर्थबहादुर बस्नेतलाई क्लवकी अध्यक्ष लक्ष्मी पाण्डेले हस्तान्तरण गरेकी थिइन । त्यस अवसरमा क्लवकी प्रथम उपाध्यक्ष सविता केसी बानिया, सचिव अमिता केसी बानिया, कोषाध्यक्ष हीरा भण्डारी र सदस्यहरु जमूना प्रधान, अपेक्षा विजुक्छे, सरु पराजुली, माया मालाकार र सान्त्वना पराजुली सहभागी थिए ।
डिष्ट्रिक्टको पहलमा निर्माण गरिएको लायन्स पार्कमा पोखरामा क्रियाशिल विभिन्न ६० वटा  लायन्स क्लवहरुद्वारा १÷१ वटा विरुवा रोपिनुका साथै संरक्षण हुँदै आएको छ । उक्त विरुवा रोप्न र ट्रिगार्डद्वारा संरक्षण गर्न ६० वटौ क्लवसंग ५ हजार रुपैयाँका दरले रकम संकलन गरिएको प्लान्टेशन  चिफ कोअर्डिनेटर बस्नेतले जानकारी दिए ।
उक्त पार्कमा वृक्षारोपण गर्न ४ लाख ५० हजार रुपैयाँ खर्च भएको उनले बताए । अस्पताल परिसरलाई सुन्दर बनाउन र हरियाली वातावरण बनाउन पार्कमा वृक्षरोपण गरिएको बताइन्छ ।
यसैगरी लायन्सद्वारा २०६२ सालमा स्थापित लायन्स तथा लियो पार्क पनि आकर्षक बनाइएको छ । उक्त पार्कको पुननिर्माण तथा रंगरोगन हालै सम्पन्न भएको थियो । वि.सं. २०६२ सालमा पोखरामा क्रियाशील लायन्स तथा लियो क्लवका साथै विभिन्न व्यक्ति, व्यापारिक प्रतिष्ठानका साथै विभिन्न संघ–संस्थाको सहयोगमा करिब ५ लाखको लागतमा उक्त पार्क निर्माण भएको थियो । पार्क भित्र बस्ने बेन्च, डेक्सका साथै आकर्षक मैदान बनाइएको छ । 

Post a Comment

 
Top