0
राजाराम पौडेल÷गोल्डेन
लोक दोहोरी गायिका चन्द्रा कार्की उत्ताउलो हुदाँ लोक दोहोरी गायक चोलेन्द्र पौडेललाई पिर परेको छ । त्यसैले त उनले कार्कीलाइ उत्ताउलो नहुन आग्रह गरिरहेका छन् । तर पौडेलको आग्रह कार्कीलाई मन परेको छैन । वास्तविक जीवनमा यस्तो भएको भने होइन । चोलेन्द्र पौडेल र चन्द्रा कार्कीको नयाँ रोईला एल्बम ‘किन हुन्छौ उत्ताउलो’ एल्बममा समावेश गीतमा गरिएको ठट्टा मात्र हो ।
गीतको शब्द र लय सिर्जना शिव हमालले गरेका छन् । ‘उमेर हुन्जेल बैंस हुन्जेल आफ्नै शुर, दुबै को दिन ढल्केपछि बल्ल मिल्यो कुरा’ भन्दै जवानीको जोश होस गुमाउदा पछुताउन परेको प्रसंग राखिएको छ । त्यसैगरी ‘मनले भन्छ हरे राम मुखले भन्छ रामराम मनले भन्छ हरे राम मायाजालमा परे राम’ भन्दै आफूलाई साधँुको रुपमाचिनाउन पौडेलले खोजेका छन् । गीतको भिडियोमा समेत पौडेल र कार्कीले अभिनय गरेका छन् ।
यसअघि सेतीमाथि पुल गीतमा अभिनय गरेका पौडेलले आफ्नो अभिनयलाई दर्शक श्रोताले मन पराउनेमा विश्वस्त छन् । म्युजिक भिडियो काठमाडौंको नारायण स्थानमा छायाकंन भएको हो । गीत मार्फत युवा अवस्थामा विचारै नगरी माया र प्रेम गर्दा पछि पछुताउनु परेको भन्दै सचेत रहन सन्देश दिइएको छ ।  गीतले नयाँ पिंढीलाई गम्भीर बन्न पेरित गर्ने पौडेलको दावी छ । यस अगाडि पशुपति शर्माको लय शब्दमा चोलेन्द्र पौडेल र चन्द्रा कार्कीको पानी मुनी–मुनी बोलको गीत बजारमा आएको थियो । यो गीतलाइ पनि दर्शक श्रोताले रुचाएका थिए । भारतको अरुणाञ्चलमा पिता मन बहादुर र माता मनरुपा पराजुलीको कान्छो सन्तानको रुपमा जन्मिएकी चन्द्रा बाल्यकालमा चञ्चले स्वभावकी थिइन् रे । स्कुल पढ्दा स्कुलमा हुने साँगीतिक कार्यक्रममा गीत गाउने गरेकी उनको गीत संगीतप्रति सानैदेखि रुची थियो । ६ वर्षको उमेरमा नेपाल फर्किएकी उनको बाँकी बाल्यकाल कास्कीको बाटुलेचौरमै बित्यो । गाउँमा हुने र स्कुलमा हुने कार्यक्रममा भाग दिने गरेकी उनले थुप्रै पुरस्कार जितिन् । रुची र प्रतीभा हुदाँ–हुदै विविध कारणले यात्रा अगाडि बढाउन भने उनलाई सहज बनेन । बच्चा देखिनै इच्छा भएपनि मौका नमिलेकोले साँगीतिक क्षेत्रमा अगाडि बढ्न नसकेको भएपनि अहिले भने सहज भएको सुनाउँछिन् ।  प्रजापति पराजुलीको प्रेरणाले यो क्षेत्रमा लाग्न हौसीएकी उनी पराजुलीलाई ‘गड फादर’  मान्छिन् । घरपरिवारबाट राम्रो सर्पोट भएकै कारण महिला भएर पनि अगाडि बढ्न सकेको उनले बताइन् । उनका श्रीमान् हाल लण्डनमा छन् भने छोरा–छोरी र सासु ससुराको साथमा उनी पोखरामा बस्छिन् ।
कार्यक्रममको शिलशिलामा पोखराका अलावा दाङ, सुर्खेत, म्याग्दी, बाग्लुङ, पर्वत, रुपन्देही, कपिलवस्तु, नवलपरासी, गोरखा, लमजुङ्ग लगायतका नेपालका विभिन्न ठाउँमा पुगी आफ्नो प्रस्तुति देखाईसकेकी छन् । भ्याली बाहिरका कार्यक्रमबाट बढि आम्दानी हुने  बताउने उनी पोखरा अनि यस आसपासमा हुने मेला महोत्सवममा बढी व्यस्त देखिन्छिन् । उनले साँगीतिक यात्रा सुरु गरेको भने धेरै समय भएको छैन । २०६९ सालको तीजमा ‘नाच माया छमछमति’ बोलको गीत दर्शक श्रोतामाझ पस्किएर साँगीतिक फाँटमा औपचारिक रुपमा डेब्यु गरेकी थिइन् । लय राजन कार्कीको रहेको गीतको शब्द प्रजापति पराजुली बुनेका थिए भने आवाजमा चन्द्रालाई राजन र प्रदिप त्रिपाठीले साथ दिएका थिए । गीतबाट पाएको सकारात्मक प्रतिक्रियाले गर्दा यो वर्षनै उनले ‘यसपालिको दशंै मनाउ कसरी’ बोलको गीत लय र शब्द कृष्ण सुवेदीको रहेको गीतमा आवाजमा समेत सुवेदीले कार्कीलाई साथ दिएका थिए । २०७० सालमा ‘माया लाउन मिल्छ र’ बोलको गीत मार्फत उनको लोकप्रियता बढ्न पुग्यो । जुन गीतमा लयर शब्द सिर्जना शिव हमालले गरेका थिए भने आवाजमा शिरिष देवकोटाले कार्कीलाई साथ दिएका थिए । यो वर्षनै  ‘खाइन्छ मजाले’ र ‘माइतीमा जम्मा भैहालिन्छनी’ तीज गीत बजारमा ल्याएकी थिइन । उनको एल्बम ‘भुल्नै गाह्रो भो’ लाई पनि दर्शक श्रोताले मन पराएका थिए ।
यता कास्कीको भलाम–४ मा बाबु लेखनाथ पौडेल तथा आमा हेमकुमारी पौडेलको सन्तानको रुपमा २०३५ सालमा जन्मिएका चोलेन्द्र सानैदेखि लोक तथा दोहोरीगीत सँगीतमा रुची राख्थे । सानैदेखि उनले अग्रज कलाकारका गीत ध्यान दिएर सुन्ने गर्थे । गाँउ घरमा हुने विभिन्न प्रतियोगितामा गीत गाई हाल्थे । यस्ता कार्यक्रमबाट राम्रो ‘सपोर्ट’ र पे्ररणा मिल्न पुग्यो । फलस्वरुप लोकगीत सँगीतको क्षेत्रमा केही गर्ने जोश जागरका साथ अगाडि बढ्ने उद्देश्यका साथ २०५६ सालमा ‘जाउ डाँडै काटेर’ एल्बम बजारमा ल्याए । २०५९ सालमा दोस्रो एल्बम ‘सेतीमाथि पुल’, २०६० मा ‘मुग्लानको यात्रा’, २०६२ सालमा ‘विद्यार्थीको व्यथा’, २०६३ मा ‘पछेउरीको छेउ’, २०६४ मा ‘हुन्छ भने हुन्छ भन’, २०६५ मा ‘एउटा थाप्लोमा दुईवटा नाम्लो’ (तीज गीत), २०६६ मा धेरै माया गर्छु भन्नेले लगायतका एल्बम बजारमा ल्याइसकेका उनले २०६८ मा ‘गैरा गाउँकी बाटुली’ र २०६९मा  १०औंं एल्बम ‘चौपट्टै मन प¥यो’ दर्शक एवं श्रोतामाझ पस्केका थिए । उनले आवाज भरेको ‘चढ्यो चढ्यो जवानी’ बोलको गीतलाई समेत दर्शक श्रोताले रुचाएका थिए । व्यवसायिक भन्दा पनि कला र संस्कृतिको जर्गेना गर्ने उद्देश्यले एल्बम बजारमा ल्याउने बताउने उनले तीजको अवसरमा विभिन्न कलाकारसँग मिलेर तीजको गीत समेत बजारमा ल्याएका थिए । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य समेत रहेका उनले हरेक साँझ पोखराको सिर्जनाचोकमा रहेको विसौनी दोहोरी साँझमा आफ्नो प्रस्तुति राख्ने गर्दछन् । उक्त दाहोरी साँझमा उनको लगानी पनि छ ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm





















Post a Comment

 
Top