0
गोल्डेन न्यूज संवाददाता
 भारतले नेपालमाथि लगाएको चरम नाकाबन्दीले नेपालमा देखिएको मानवीय संकट समाधानका लागि आवश्यक पहल नभएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आईतबार नेपाल बन्दको आयोजना गरेको छ । नेपाली जनता अप्ठ्यारोमा परेका बेला सरकारले ठोस पहल गर्न नसकेको भन्दै माओबादीले अहिलेको सरकार नालायक भएको निश्कर्ष निकाल्दै बन्दको आयोजना गरेको नेकपा माओबादीको केन्द्रीय सदस्य साबित्रा दुरा (आस्था)ले सानातिना बिरोधले दवाव नपुगेपछि बन्द गर्नुपरेको बताईन । सत्तामा बसेकाहरुले जनताको दुःख बुझ्ने कोषिस गरेको भए अहिलेसम्म सबै समस्याको हल हुने उनको दाबी छ । प्रयास गरिरहेको बताउने सरकारले के प्रयास भएको छ भन्ने कुरा किन जनतालाई भन्न सक्दैन ? जनताले दैनिक छाक टार्न नसकेको बेलामा घाटा खाएर भएपनि तत्काल राहत दिनतर्फ बर्तमान सरकारले सोच्न समेत नसक्नुले अहिलेको सरकार जनता प्रति उत्तरदायी नभएको उनको भनाई छ । कति छुटमा ईन्धन पाईन्छ भन्ने तर्फ छलफल चलाउनु भन्दा तत्कालका लागि राहत दिएर दिर्घकालिन सम्झौतामा जान नसक्नुले राज्यमा बसेकाहरु नै भारतको दलाल भएको भन्ने कुरा स्पष्ट हुने उनले दावी गरिन । कुनैपनि संकटलाई अन्तर्राष्ट्रियकरण गर्न नसके त्यसको सहि समाधान निस्कन नसक्ने दुराले बताईन । नेपालको नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्नको लागि नेपाल बन्द जस्तो कठोर आन्दोलन रोज्नु आफूहरुको बाध्यता भएकोले यसप्रति नेपाली जनतामा पर्ने गएको असुबिधा प्रति दुराले दुःख ब्यक्त गरेकी छिन ।
 
आफूहरुले ज्ञापनपत्र, बिरोध जुलुस तथा ध्यानाकर्षण र मानवसाङ्गलो समेत प्रदर्शन गरिसकेको भएपनि राज्य कानमा तेल हालेर बसेका कारण सडमका उत्रन परेको उनको दावी छ । बन्दको समयमा पर्यटक वा अन्य बाहनामा भारतीय गाडी भने चल्न नदिने माओबादीले यसअघि नै जानकारी दिएको छ ।
माओबादीले पछिल्लो समय बजारमा देखिएको कालोबजारी नियन्त्रणका लागि अभियान सुरु गरेको पनि दुराले जानकारी दिईन । अब देश बचाउन र भारत बिरुद्ध एकजुट भएर सडकमा आउन दुराले सबे नेपालीलाई आग्रह गरेकी छन । माओबादीले निरन्तर माथिल्लो कर्णाली, विद्युत ब्यापार सम्झौता, बिप्पा, नेपालको एयरपोर्टमा भारतीय एयरमार्सल राख्ने प्रस्ताव, लिपुलेक जस्ता राष्ट्रघाति कदमको बिरुद्धमा आवाज उठाउदै आएको र अहिले आएर सबै जनतामा भारतको नियत र माओबादीको बिरोधको औपचारिक पुष्टि हुनुले अब राष्ट्रिय स्वाधिनताको लडाइँमा जनताको साथ हुने उनको बिश्वास थियो ।




Post a Comment

 
Top