0
नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको १३औं महाधिवेशनमा जिल्ला सभापतिहरु मध्येबाट २५ प्रतिशत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। रिपोर्टर्स क्लबले शुक्रवार आयोजना गरेको साक्षात्कारमा पुस अन्तिम साता राजधानीमा सभापतिहरुको भेला गरेर यसको ठोस रणनीति तय गरिने उनीहरुले जानकारी दिए। साक्षात्कारमा नेपाली काँग्रेस काठमाडौ सभापति भीमसेन दास प्रधानले गाँउ, क्षेत्र र जिल्ला हुँदै अन्तिम रुप दिईएको क्रियाशिल सदस्यहरुलाई मताधिकार नदिए कांग्रेस प्रजातान्त्रिक नभई तानाशाही पार्टी बन्ने दावी गर्दै आउँदै स्थानीय निकायको निर्वाचन, नेतृत्व विकास र पार्टीको धरातल बलियो बनाउन पनि सबैलाई मताधिकार दिन आवश्यक रहेकोमा जोड दिए। उनले भने,–‘यसका लागि हामी अन्तिम समयसम्म जस्तो सुकै लडाई लड्छौ र कार्यान्वयन गराएरै छाड्छौं।’  उनले पार्टीमा नेतृत्वको विकास र यूवा पुस्तालाई अगाडि बढाउन आगामी महाधिवेशनमा जिल्ला सभापतिहरु ले एक रुपमा २५ प्रतिसत उम्मेदवारी दिने भन्दै त्यसको लागि काठमाडौ कांग्रेसले पुष अन्तिम साता जिल्ला सभापतिहरुको भेला गर्ने जानकारी दिए। नेपाली कांग्रेस सोलुखुम्बुका सभापति आङ्ग गेलु शेर्पाले कोही पनि पार्टीमा कमैया हुन नआउने भन्दै अहिले क्रियाशिलहरुलाई मताधिकार नदिने हो भने नेपाली काग्रेसमा नयाँ पुस्ताको आकर्षण नहुने चेतावनी दिए। उनले तल्लो तहबाट सर्वसम्मत रुपमा आएको क्रियाशिलहरु को सूचिलाई हुवहु मताधिकारसहित कार्यान्वयन गर्नु पर्ने माग गर्दै पुराना ६० हजार क्रियाशिल सदस्य घटेकोले अब नयाँ पुस्तालाई अवसर दिने गरी मताधिकार दिनु पर्ने बताए। 

पार्टीलाई केही केन्द्रीय नेताहरुले सेण्डिकेट बनाएको भन्दै अहिले सबै क्रियाशिललाई मताधिकार नदिए स्थानीय निकायको निर्वाचनमा असर पर्ने तर्फ सचेत गराए। नेपाली काग्रेस बाग्लुङ्गका सभापति प्रकाश शर्मा पौडेलले नयाँ क्रियाशिल सदस्यहरुलाई मताधिकार नदिए काग्रेसको धरातल नष्ट भएर जाने विषयले आफूहरुलाई चिन्तित बनाएको भन्दै नयाँ लाई पनि मताधिकारसहित नयाँ जिम्मेवारी दिनु पर्ने बताए। 
तल्लो तहमा विगत साढे पाँच बर्षदेखि क्रियाशिल रहेका कार्यकर्ताहरुलाई मताधिकार नदिए उनीहरु निराश हुने र यसले काग्रेसको राजनीतिमा असर पार्ने भन्दै नयाँलाई जिल्ला सभापति बाहेकका पदमा ल्याउन सके त्यसले पार्टीको आधार बढाउने दावी गरे। उनले पार्टीको केन्द्रीय सदस्यको संख्या बढाउनुका साथै प्रादेशिक संरचना अनुसारको केन्द्रीय संरचना निर्माणको माग समत गरे। डडेलधुराका सभापति कर्ण मल्लले काग्रेसको पक्षमा जनमत बढाउन क्रियाशिल सदस्य दिनु पर्ने भएकोले सबैले मताधिकार पाउनु पर्ने भन्दै अबको केन्द्रीय संरचनालाई प्रदेशको संरचना अनुसार लिएर जानु पर्ने बताए। 
कालिकोटका सभापति कालिबहादुर सहकारीले क्रियाशिल सदस्य पार्टीको महत्वपूर्ण संरचना भएकोले उनीहरुलाई मताधिकार नदिनु सदस्यता नै नदिनु जस्तो भएको बताए। उनले आफूहरुले यस यो सहित धेरै विषयमा सुझाव दिईसकेकोले त्यसलाई कार्यान्वयन गर्न तर्फ लाग्न नेतृत्वलाई सुझाव दिए।









Post a Comment

 
Top