0
गोल्डेन न्यूज संवाददाता
मुक्तिनाथ विकास बैंक लिमिटेडले पोखरा उप–महा नगरपालिका वडा नं.–१३, काहूँखोला चोक, काहूँखोलामा लघुवित्त इकाई कार्यालयलाई आधुनिक बैकिङ्ग शाखा कार्यालयको रुपमा रुपान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर महाप्रसाद अधिकारीले ‘जनता बैंकमा होइन बैंक जनतामा जानुपर्दछ’ भन्ने सिद्धान्तलाई आत्मसात गरी मुक्तिनाथ विकास बैंकले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

शाखा स्थापना संगै काँहुखोला र यसका आसपासका क्षेत्रका जनता, उद्योगी व्यवसायी, शैक्षिक संस्था (स्कुल कलेज) स्वास्थ्य सेवा प्रदायक (हस्पिटल) सरकारी, गैहसरकारी संघ संस्था, कृषि पशुपालनसंग सम्बन्धित व्यवसायीहरु माझ प्रत्यक्ष रुपमा बैंकिङ्ग पहँुच पुग्ने बैंकले विश्वास लिएको छ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आइरहेको मुक्तिनाथले काँहुखोलाबाट विगत बर्ष देखि नै लघुवित्त सेवा प्रवाह गर्दै आइरहेकोमा हाल आधुनिक बैकिङ्ग कार्यालय मार्फत कारोवार सञ्चालन गरेको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकले प्रदान गर्ने सेवा सुविधा तथा भावी कार्यक्रमहरुको जानकारी गराएका थिए । बैंक संचालक समितिका अध्यक्ष मिनप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा  बैंक सञ्चालक समितिका सदस्य राम प्रसाद पोख्रेल, प्रमुख सल्लाहकार खगेन्द्र राज रेग्मी, समाजसेवी इन्दिरा सिग्देल, कोन सामुदायिक संस्थाका अध्यक्ष शरदकान्त सिग्देल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रम संचालन कर्मचारी शर्मिला लम्सालले गरेकी थिइन ।


Post a Comment

 
Top