0
अनलाईनमा कार्यरत पोखराका पत्रकारहरु संगठित भएका छन् । अनलाईन सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले पोखरामा शनिवार सम्पन्न भेलाले राम्जी लम्सालको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ । न्यूज एनआरएन डटकममा कार्यरत लम्सालको संयोजकत्वमा पछि एक सदस्य थप गर्ने गरी १४ सदस्यिय तदर्थ समिति गठन गरिएको हो । समितिका अन्य सदस्यहरुमा पिस पोखरा डटकमका गोकुल बानियाँ, गन्थन डटकमका सागरराज तिमल्सिना, मेनखबर डटकमका रेम विक, जक्सन डटकमका अरुण गिरी, सफलन्यूज डटकमका एकराज गिरी, एलएनेपाल डटकमका प्रकाश ढकाल, अनलाईनखबर डटकमका उमेश पुन, गोलनेपाल डटकमका रञ्जन अधिकारी, कञ्चनन्युज डटकमका गौरव त्रिपाठी, फेवान्यूज डटकमका बिरेन्द्र सापकोटा, सिटीपोखरा डटकमकी तारा पौडेल, ईन्सेक अनलाईनका बिष्णु अधिकारी र न्यूज अभियानका नरहरि पौडेल रहेका छन् । तदर्थ समितिलाई पोखरा सहित गण्डकी अञ्चलका अन्य जिल्लामा कार्यरत अनलाईन पत्रकारको भेला गराई अनलाईन पत्रकारलाई संगठित गराउने जिम्मेवारी दिईएको छ । 
भेलामा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष तथा पत्रकार महासंघका पूर्व अध्यक्ष बद्रीबिनोद प्रतिकले सूचना प्रबिधिको युगमा अनलाईन प्रभाबकारी सञ्चार माध्यम भएकाले यसको विश्वासनियतामा ध्यान दिन आग्रह गरे । अनलाइनका कार्यरत पत्रकारहरु संगठित भए यसमा कार्यरत पत्रकारको हकहितको लागि आवाज उठाउन पनि सहज हुने उनले बताए । नेपाल प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले अनलाईन सञ्चार माध्यमलाई ब्यबस्थित बनाउनुपर्ने खाचो औल्याए । संख्यात्मक रुपमा बढ्दै गएका अनलाईनलाई गुणस्तरिय बनाउनुपर्नेमा उनले जोड दिए । अनलाईन सञ्चार माध्यम पछिल्लो समय प्रभाबकारी सञ्चार माध्यमको रुपमा स्थापित भएकाले यसको विकासमा सरकारी नियकाबाट पनि पहल हुनुपर्ने उनले बताए । प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालले तत्काल खबर प्राप्त गर्ने माध्यम अनलाईनलाई भरपर्दो बनाउन आग्रह गरे । भेलामा पोखराबाट सञ्चालित तथा काठमाडौंबाट सञ्चालित अनलाईनमा पोखराबाट कार्यरत पत्रकारहरुको उपस्थिति थियो ।





Post a Comment

 
Top