0
पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले पोखरा उपत्यका नगरविकास समितिका इन्जिनियर सुरेन्द्र सिग्देललाई राजीनामा दिन चुनौती दिएका छन् । निर्माण व्यवसायी समिति पोखराले शुक्रबार पोखरामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा राज्य र सरकारको नीति नियम विपरित बोलेको भनि आपत्ति जनाउँदै अधिकारीले सिग्देललाई राजीनामा दिन चुनौती दिएका हुन् । कार्यक्रममा सिग्देलले अहिलेको भवन निर्माण मापदण्ड नगरपालिकालाई मात्र शक्तिशाली बनाउने गरि आएको आरोप लगाएका थिए । मापदण्ड मान्ने हो भने २५ हातका जग्गा कामै नलाग्ने अवस्थामा पुग्ने भन्दै उनले मापदण्ड संशोधन गर्न पहल गर्नुपर्नेमा जोड दिएका थिए । उनले अहिलेको मापदण्ड अनुसार घर बनाउने हो भने पोखराको न्यूरोडमा ३.५ मिटर छाडेर घर बनाउन न्यूरोडको बहुमूल्य जग्गा छोडेर घर बनाउन कसैले नचाहने भन्दै  मापदण्ड पूर्ण अव्यवहारिक भएकाले सच्याउनुपर्ने बताएका थिए। उनको भनाइले आक्रोशित भएका प्रमुख अतिथि अधिकारीले सरकारी निकायमै काम गरेका सिग्देलले भएपनि सरकारको नीति विपरित बोलेको स्पष्ट पारे । उनले भने–‘सरकारको नुन आएर सरकारकै विरोध गर्नु कानून विपरित हुन्छ । म उहाँलाई आफ्नो बोली सच्याउन या पदबाट राजीनामा दिन चुनौती दिन्छु ।’ अधिकारीले यसो भनिरहँदा ई.सुरेन्द्र सिग्देल भने कार्यक्रमबाट बाहिरिसकेका थिए भने मञ्च पनि लगभग खाली थिए । त्यस अवसरमा अधिकारीले थपे–‘आफ्नो कुरा मात्र राख्ने तर अरुको कुरा नसुन्ने परिपाटी ठीक भएन । यसलाई सबैले सुधार गर्नुपर्छ ।’  झलकराम अधिकारीले यसो भनिरहँदा कार्यक्रममा सहभागी निर्माण व्यवसायीले नगरविकास समिति र नगरपालिकाबीचको पुरानो तिक्तता पुनः सतहमा आउन लागेछ कि क्या हो ? भनेका थिए ।







Post a Comment

 
Top