0
गोल्डेन न्यूज संवाददाता
पोखरा–१९ घार्मीमा रहेको भूमेश्वर प्राथमिक विद्याललये ६१औं वार्षिकोत्सव विभिन कार्यक्रम गरी मनाउने भएको छ । लामाचौर स्रोत केन्द्रमै उत्कृष्ट बन्न सफल विद्यालयले यही पुस ४ गते  शनिवार वार्षिकोत्सव सहित अक्षयकोष छात्रवृत्ति वितरण, विद्यालयको शैक्षिक विकासमा योगदान पु¥याउनेलाई सम्मान र सांस्कृतिक कार्यक्रम गर्ने विद्यालयका प्रधानाध्यापक वैकुण्ठ पौडेलले जानकारी दिए । 
स्थापनाको ६१ वर्ष पुरा गरेकाले वार्षिकोत्सवलाई व्यवस्थित र भव्य बनाउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम पौडेलले बताए । कार्यक्रममा विद्यालयको शैक्षिक र भौतिक विकाशमा योगदान पु¥याउने तथा सञ्चार जगतमा क्रियाशिल युवा पत्रकारलाई पनि सम्मान गरिने पौडेलले बताए । अंग्रेजी भाषामा कक्षा नर्सरी देखि ५ सम्म पढाइ हुने उक्त विद्यालयमा विभिन्न व्यक्तिहरुले अक्षयकोष समेत स्थापना गरेका छन् । सोही कार्यक्रममा थप अक्षयकोष दाताको नामावली समेत घोषणा गरिने छ ।

Post a Comment

 
Top