नेपाल एउटा अविकसित देश हो । यहाँ विकसको गति अलि मन्द छ । जनताको जीवनस्तर शुन्य होइन न्यून छ । राणा, पञ्च, बहुदल देखि अहिले आएको संघिय लोकतान्त्रिक गणतन्त्रसम्म पनि राजनैतिक अवस्था अस्थिर छ । गरिबी र बेरोजगारी चरम उत्कर्षमा छ । असीमित राजनैतिक भ्रष्टाचार छ । देशले कुशल नेतृत्व उत्पादन गर्न सकेको छैन् । जो सबभन्दा ठूलो दूर्भाग्य हो । कुटनीति कमजोर छ । नोकरशाही परिवर्तनशिल छ । नेपालको संविधान २०७२ जारी भए देखि नै राज्यको हरेक व्यवस्था असफल सिद्ध भईसकेको छ । मधेशमा संयुक्त मधेशी मोर्चाको राज्यको हरेक संयन्त्रमा नियन्त्रण कायम छ ।
पहाडमा राज्यको अनुभूति नै छैन् । काठमाण्डू लगायतको कतिपय ठाउँमा बन्दुक तेस्र्याएर राज्य आफ्नो बनावटी उपस्थिति देखाईरहेको छ । यी सम्पूर्ण समस्याको जड वर्तमान अवस्थामा नव निर्मित नेपालको संविधान २०७२ हो । जसलाई कसैले एशियाकै नमूना त कसैले विश्वकै उत्कृष्ट संविधानको सँज्ञा दिदैंछ । २०७२ श्रावण २९ गते देखि नै मधेशमा बन्द आन्दोलन जारी छ । करिब दुई महिना देखि नाका अवरूद्ध छ । सम्पूर्ण दोष भारत उपर थोपिदैं छ । कतै मोदीको पुतला दहन हुँदैछ त कतै भारतको राष्ट्रिय झण्डाको दहन हुँदैछ भने कतै मोदीका छोराहरू त कतैओलीका छोराहरू भनेर दुई पक्ष बीच गाली गलौज र भनाभन भईरहेको छ । एकातिर भूकम्पको त्रास छ भने अर्कोतिर आन्दोलनको ताप । इन्धनको अभावले गर्दा स्कुल बस समेत संचालनमा छैन् । जसले गर्दा भावी कर्णधारको भविष्य अन्यौलमा परेको छ । बस व्यवसायीहरूले यात्रु बसमा इन्धनको व्यापार फस्टाएको छ । यात्रु बस भनेर प्रहरी प्रशासनले इन्धन बोकेका बसलाई स्कटिङ्ग मार्फत राजधानी लग्दैछ । यात्रुबाहक बस उपर ढुङ्गामुढा हुँदैछ यात्रुहरूको ज्यान संकटमा छ । द्रुतगतिमा संचालित राजमार्ग केन्द्रित यात्रा दुर्घटनाको शिकार हुँदैछ । कतै यात्रीहरू अलपत्र परिरहेको छ, कालाबजारी फस्टाईरहेको छ । विरामी बोक्ने एम्बुलेन्समा इन्धनको ओसार–पोसार हुँदैछ । सम्पूर्ण नेपालीको ज्यान जोखिममा छ । अस्पतालमा औषधिको अभाव छ, प्रहरी प्रशासन ज्यादति र अस्पताल परिसरमै स्वास्थ्यकर्मी उपर भएको वर्वर दमन र कुटपिटबाट आफूहरू असुरक्षितमै आन्दोलनमा छन् । शान्ति सुरक्षाको जिम्मा लिएको सुरक्षा निकाय आन्दोलनकारी उपर गोलीको वर्षा वर्षाउँदै छ । मुक दर्शक भएका सोझा नागरिक उपर प्रहरी आतंक मच्चाईरहेको छ । कलिला र निःमुखा बालबालिकाको बालअधिकारको शोषण हुँदैछ ।
भूकम्प पीडितले पाउनुपर्ने राहत सामग्री गोदाममैं गुनस्तरहिन खाद्य पदार्थमा परिणत हुँदैछ । दातृराष्ट्रहरू भूकम्प पीडितको नाममा दिएको आर्थिक एवं अन्य सम्पूर्ण सहयोग फिर्ता लिने चेतावनी पटक–पटक राज्यलाई दिईरहेको छ । सरकारले स्वेत पत्र जारी गरी आफ्नो नाँगो अनुहार देखाईसकेको छ । भोजभतेरमा सरकारी खाजाना रितिदै छ । पञ्चायतले त रजत जयन्ति पनि मनाए बहुदलले दशक पनि पुरा गर्न सकेन । पटक–पटक संविधान फेरिंदै छ । यसपल्ट पनि फास्ट ट्रयाकमा हतार–हतार गरी नेपालको संविधान २०७२ संविधान सभाबाट असोज ३ गते जारी भए र आन्दोलनको शंखसँगै बाजे । मधेश आन्दोलनको करिब चार महिना हुन लाग्यो ।
कति सुहागनलाई विधवा हुनुपरेको छ । आमाले आफ्ना संतान गुमाई सकेकी छिन् । बालबालिका टुहुरा भईसकेका छन् । कति अपाङ्ग त कति अस्पतालमा छटपटाई रहेका छन् । कतै रूआवासी र मातमको माहौल छ त कतै बनावटी मुस्कान पनि छ । दिनदिनै उच्च स्तरीय राजनीतिक संयन्त्रको गठन हुँदैछ । घण्टै पिच्छे उच्च स्तरीय राजनैतिक संयन्त्रको छलफल हुँदैछ भने शीर्ष तिन दलका नेताहरूको बैठक त मिनटौं पिच्छे बस्ने गरेको छ ।
यदि मधेश पनि नेपालमैं हो मधेशी पनि नेपाली नै हो भने नेपाल आमा किन रोई रहनु भएकी छिन ? आफ्ना यी नादान नेताहरूलाई जन्म दिएर । जसलाई देशभन्दा पनि पेटको माया छ । पिडा भन्दा पनि हीराको माया छ । भनिन्छ सय मुर्ख सन्तान भन्दा एउटा गुनवान संतान नै ठिक । तर यहाँ संघीय लोकतान्त्रिक गणतन्त्र त छ तर मुर्खहरूको जमात शासनमा छन् । आशनमा छन् । भाषणमा छन् । सिंहासनमा छन् । गुणि, ज्ञानी, विद्वान र विज्ञहरू पाखा लागि परेका छन् । फटहाहरू झटहा मार्दै छन् । रत फटहाका झटहाले वृक्षका दुई चार फल झर्दा केहिं फरक पर्दैन भनि भन्नेहरू पनि छन् । यो सम्पूर्ण समस्याको जड नै हो फास्ट ट्रयाकमा ल्याएको नेपालको संविधान २०७२ र सायद संसारकै पहिलो संविधान हुने छ यो जो फलित नभएर हो कि कार्यान्वयन नभएर हो कि गर्भाधान हुने वला छ । सम्पूर्ण संविधानको परिक्षण गर्दा भित्र रहेका बच्चा अपाङ्ग, लाटा, बहिरा र अंग भंग समेत सर्जिरी गर्नुपर्ने देखिन्छ । त्यसैले गर्भ तुहाएर भएपनि कृत्रिम गर्भाधान गर्ने तरखरमा सबै जुटी रहेका छन् । खास गरी नेपाली कांग्रेसले ल्याएको तुच्छ नश्लको बीउले जो आन्दोलनरत पक्षलाई मंजुर छैन् । तिनीहरू उच्च नश्लको खोजीमा निश्कीसकेका छन् । अलिक ढिलो भएपनि नश्लवादीको नयाँ नेपाल भन्दा भिन्न होस । जसले नेपाली जनतालाई विकास र समृद्धी दिन सकेमा किनभने अहिले सम्मको राज्यसक्ता संचालनमा सहभागि रहेको पुरानो नश्ल उपर यिनीहरूको विश्वास र भरोसा नै छैन् ।
यिनीहरू परम्परावादी र जड वादीहरू भन्ने उच्च नश्लवादीहरूको आधुनिक चिन्तन र मान्यता रहेको छ । दुई शक्तिशाली पडोसीहरूको बीचमा रहेका यी परम्परावादीहरूले मुलुकलाई विगारी सकेको छ । यहाँ सम्मकी यिनीहरूले मुलुकलाई विखण्डन तिर धकेली रहेको छ भनि उच्च नश्लवादीहरूको सोच बन्न पुगेको छ । आजसम्म यी परम्परावादी, अहंकारवादीहरूले दुइटा मृगौलाको बिचमा रहेको मुटुको शल्यक्रिया गर्न सकेन देशलाई दमको रोगी बनाएर कृत्रिम साँस भर्दै फेर्दै आजसम्म देशलाई हाँकेको छ । आज साँस फेर्ने पनि कठिनाई महसूस भईरहेको छ । नेपाल आमालाई यिनीहरूकै मतलवी चलखेलले । नत यिनीहरू एकरती पनि देशका लागि चिन्तनशिल र इमान्दार भएको भए देशको जल र जङ्गल मात्रै बेचेर दुई देशको बीचको शक्तिशाली चुम्बक बन्न सक्थे । अतः हिमालमा बस्ने हिमाली नेपालीहरू हांै, पहाडमा बस्ने पहाडी नेपालीहरू हुन् या तराई मधेशमा बस्ने मधेशी नेपालीहरू लाई म सार्थक अनुरोध गर्न चाहन्छु । हुन त धेरै अवसरहरू गुमाई सक्यौं । हामी हाम्रो जल र जङ्गल यी पण्डित वाजेहरूले बेची सके, उजाडी सके । अब पनि यि परम्परावादी, अहंकारवादीवाट सावधान भएर सोचौं, सम्झौं, बेला यहि हो, उच्च नश्लवादीहरू उच्च नश्लको बीउ खोज्न निस्कि सकेका छन्, कही अझ विलम्ब गरेरै भएपनि प्रतिक्षा गरौं नव निर्मित नव अपेक्षित संविधानमा उच्च नश्लको बीउ प्रवाहित गरेर कृत्रिम गर्भाधानद्वारा नै नेपालको संविधान विश्वकै नभएपनि एशियाकै नभएपनि दुई महावलीको बीचको उत्कृष्ट नश्लवादी गर्भाधान नगर्दा रोगी र टेटी टापर भै सँधैं भरी टगी रहन्छौं ।
साभार ः मधेश दर्पण फिचर सेवा
Post a Comment