0
गोल्डेन न्यूज संवाददाता
पत्रकारितको माध्यमबाट पञ्चासे क्षेत्रको जैविक विविधिता, पर्यटन एवम् खेलकुदको प्रचार प्रसार गरेको भन्दै रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेललाई भदौरे क्लब कास्कीले नगदसहित सोमवार सम्मान गरेको छ । एवम् प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष समेत रहेका पौडेललाई १८औं तमु ल्होसार तथा भदौरे पञ्चासे महोत्सवको समापनको अवसरमा युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डलले नगदसहित दोसल्ला र सम्मान–पत्रले सम्मान गरेका हुन् । पौडेल पोखरामा रहि विगत दुई दशकदेखि पत्रकारिता गर्दै आएका छन् । पौडेल पोखराबाट नेपाल टेलिभिजन र गोरखापत्रका समाचारदाता पनि हुन्। पौडेल निजी रेडियोहरुको छाता संगठन बानका केन्द्रिय उपाध्यक्ष समेत हुन।
आयोजक क्लवले पञ्चासे क्षेत्रको प्रवद्र्धनमा सघाउने एकजना पत्रकारलाई वर्षेनी सम्मान गर्ने निर्णय गरेको छ । पहिलो पटक पत्रकार पौडेल सम्मानित भएका हुन् । क्लव अध्यक्ष जीवन गुरुङले आगामि वर्ष हुने महोत्सवमा पनि एकजना पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको जानकारी दिए।
सो अवसरमा बोल्दै खेलकुद मन्त्री मण्डलले मधेशीहरुका सबै मागलाई राज्यले पुरा गर्न नसक्ने बताए । उनले वार्ता र संवादको विकल्पको नभएकाले वार्ता र संवाद मार्फत समस्या समाधान गर्न आग्रह गरे । सम्मानित पौडेलले सम्मानले काममा प्रेरणा थप्ने बताए । प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्न यस्तो सम्मानले उत्साह जगाउने बताए । कार्यक्रममा खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले प्राकृतिक र सांस्कृतिक सम्पदा सहित खेल क्षेत्रको प्रवद्र्धन गर्न यस्ता महोत्सवले सघाउने बताए। सो अवसरमा विजयी खेलाडीहरुलाई मन्त्री मण्डलले कप तथा मेडल प्रदान गरेका थिए ।

Post a Comment

 
Top