0
गोल्डेन न्यूज संवाददाता
पोखरामा बाबा कम्पनीको ग्यास वितरणको तयारी गरिएको छ । आईतवार ग्यास वितरण गर्न खोजिएको भएपनि एकिन छैन । ग्यास बिक्रेता महासंघ कास्कीका अनुसार शनिवार अबेर सम्म कम्पनीबाट ग्यासको गाडि नहिडेकाले सोमवार मात्रै बितरण हुन सक्नेछ । बाबा ग्यास वितरणको लागि पोखरामा रहेका १३ डिलर मध्ये १० वटाबाट मात्रै वितरण गर्न लागिएको हो । जम्मा १ हजार ५६ सिलिण्डर ग्यास वितरण गर्न लागिएको छ । ग्यास बितरणको सूचना पाएसँगै तोकिएका डिलरमा उपभोक्तको लाईन लागेको छ । १० स्थानबाट झण्डै एक हजार सिलिण्डरमात्रै ग्यास बितरण गर्न लागिएपनि एउटै डिलरमा दुई हजार भन्दा बढी उपभोक्ता लाईन लागिसकेका छन् । ‘आईतवार बितरणको तयारी गरिएको हो तर कम्पनीका मानिसले फोन उठाएनन’, महासंघ कास्कीका एक पदाधिकारीले भने–‘कम्पनीले अग्रिम रकम भुक्तानी मागेकाले शनिवार सकिएन, आईतवार बिहान रकम पठाएपछि ग्यास आउनेछ । ’ यद्यपी महासंघ जमानी बसेर आईतवार पैसा पठाउने सर्तमा शनिवार राति अबेर भएपनि ग्यास पठाउन आग्रह गरिएको थियो । कम्पनीले कुनै प्रतिक्रिया नदिएको स्रोतले बतायो । ती पदाधिकारीका अनुसार चितवनको खैरहनीबाट शनिवार राति ग्यासको गाडि नहिडेमा आईतवार अबेर ग्यास आईपुग्ने र सोमवार मात्र बितरण हुनेछ । आधा सिलिण्डर अर्थात् ७.१ केजी तौलको ग्यासको मुल्य ७ सय रुपैया पर्नेछ ।  सम्बन्धित कम्पनीको सिलिण्डर लिएर मात्रै लाईनमा बस्न महासंघले आग्रह समेत गरेको छ ।

पोखरामा बाबा ग्यास वितरण हुने डिपोहरुमा विश्व सप्लायर्स (बगालेटोल),  युवराज प्रोभिजनल (अर्चलबोट), भण्डारी ट्रेडर्स (लेकसाइड), घिमिरे स्टोर्स (रत्नचोक) किरण तिवारी स्ट्रोस (नदीपुर), ओम ग्यास स्टोर्स (रामबजार मिलनटोल), सुरेन्द्र स्टोर्स (रानीपौवा), अनुप स्टोर्स (रानीपौवा), स्पन्दन ग्यास स्टोर्स (भद्रकाली) र भक्त गौरी स्टोर्स (हरिचोक) रहेका छन् ।







Post a Comment

 
Top