0
गोल्डेन न्यूज संवाददाता
लुम्ले पोखरा देवकोटा समाज पोखराको पाँचौ अधिवेशन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनले चुडामणि देवकोटालाई अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्याक्ष भरत देवकोटा, सचिव उमानाथ देवकोटा, सहसचिव हरिकृष्ण देवकोटा, कोषाध्यक्ष शिवभक्त देवकोटा, सह–कोषाध्यक्ष वालकृष्ण देवकोटा रहेका छन् । यस्तै समितिको सदस्यहरुमा वालकृष्ण देवकोटा, यमलाल देवकोटा, हरि प्रसाद देवकोटा, राम्जी देवकोटा, सु.कृष्ण प्रसाद देवकोटा, राधा देवकोटा, गीता देवकोटा सर्वसम्मत चयन भएका छन् । कार्यक्रममा एसएलसीमा उत्तीर्ण समाजका हरेक सन्ततिलाई र संगम मावि चन्द्रकोटवाट उत्कृट हुने छात्र÷छात्रालाई सम्मान गगरिएको थियो । यस वर्ष संगम मावि चन्द्रकोटवाट उत्कृष्ट दिपक वि.क र चन्दा देवकोटालाई सम्मान गरिएको थिया । कार्यक्रमका प्रमुख अतिथि शालिग्राम देवकोटाले समाजमा यस्ता खाले सम्मानले भावी सन्ततिलाई पनि हौसला हुने हुनाले अझ खोजी गरि प्रोत्साहन दिंदै जानु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा देवकोटा वन्धु समाजका केन्द्रिय सचिव लक्ष्मीनारायण देवकोटा, देवकोटा वन्धु समाजका केन्द्रिय सदस्य भरत देवकोटा, देवकोटा वन्धु समाजका जिल्ला उपाध्यक्ष खिम वहादुर देवकोटा देवकोटा वन्धु समाजका जिल्ला सचिव झम्कनाथ देवकोटा, सम्मानित व्यक्तित्व प्रकाश देवकोटा, चूडामणि देवकोटा, विद्यार्थी गंगा जमुना लगायतले कार्यक्रमको सफलता तथा सम्मानित व्यक्तिहरुलाई शुभकामना व्यक्त गरेका थिए ।



Post a Comment

 
Top