0
गोल्डेन न्यूज संवाददाता
अनौपचारिक क्षेत्र सेवा केन्द्र
(इन्सेक) अध्यक्ष सुवोधराज प्याकुरेलले अन्तर्राष्ट्रिय कानून विपरित छिमेकी भारतले लगाएको नाकाबन्दी र मधेशी मोर्चाको आन्दोलन  भारतीय युद्धको चपेटामा नेपाललाई कब्जा गर्ने नियतबाट भएको बताएका छन् । सृजना विकास केन्द्र पोखरा र शान्तिका लागि नागरिक समाज सञ्जाल कास्कीद्वारा संयुक्त रुपमा आयोजित ‘विद्यमान परिस्थिति, यसको असर र समाधानका उपाय’ विषयक अन्तक्र्रियामा बोल्दै प्याकुरेलले आन्दोलनका नाममा जनताको जीवनधारालाई आतङ्कवादी शैलीमा रोक्न नपाइने बताए । सो उनले भने–‘मधेशको आन्दोलन आन्दोलन नभएर आतङ्कवाद हो, यदि आन्दोलन थियो भने आन्दोलनका एजेण्डा, मागहरु हुन्छन र ती मागहहरु पुरा नगरेमा हामी यस्ता प्रकारको आन्दोलन अगाडि बढाउछौ्रं भन्ने पूर्ब घोषित कार्यक्रम हुन्छ, जसरी एनेकपा माओवादीले विगतमा घोषित आन्दोलन गरेको थियो । मधेशको आन्दोलनमा मोर्चाको रुपमा देखीएका नेताहरु भारतका बुख्याचा मात्र हुन जस्को कुनै घोषीत माग र एजेण्डा नै छैन । केबल नेपाललाई अस्थिर बनाएर भारतीय सेना ल्याएर कब्जा गर्ने भारतको नियोजित षड्यन्त्रका गोटी मोर्चाका नेता बनेका छन ।’ उनले विगतमा गरेका आठ बँुदे र २२ बँुदे मागहरु पुरा भैसकेको र विवादित बिषयलाइ संवैधानिक आयोग बनाएर टुङ्गो लगाउने भन्ने बुँदा मात्र बाँकी भएको स्पष्ट पारे । वर्तमान सरकार ढाल्ने र मधेशी मोर्चासहितको सरकार बनाइ र आन्दोलन तुहाउने भित्रि खेल शुरु भैरहेको उनले आरोप लगाए । कार्यक्रममा अर्थतन्त्र र नाकाबन्दीको प्रभाव, असर र विकल्पको बिषयमा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. चन्द्रमणि अधिकारीले मधेशको आन्दोलन आप्mनो घरमा गौथलीले गँुड लगाएको रिसमा घर जलाएर गौथली अब कहा बस्दोरहेछ लौं हेरांै भनेर आगनमा बसेर हेरेको जस्तो हो भन्दै यतिबेला राष्ट्रको अर्थतन्त्र गम्भीर संकटमा परेको बताए ।
 
सृर्जना विकास केन्द्रका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष जयलाल पुन, भिक्षु मिन गुरुङ, सृजना विकास केन्द्रका ईश्वर भठ्ठराइ, गणेश बहादुर अधिकारी, राष्ट्रिय मानवअधिकार आयोगकी क्षेत्रीय अध्यक्ष सम्झना शर्मा, प्रध्यापक मुकुन्द लम्साल, ज्ञानबहादुर कार्की, वरिष्ठ अधिवक्ता तिलक आचार्य, वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बराल, नेपाली कांग्रेस कास्की  सचिव कृष्ण केसी, नेकपा एमाले सचिवालय सदस्य तेजनारायण अधिकारी, एमाओबादीका नेता विश्व प्रकाश लामिछाने, राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष शंकर बराल, शान्तिका लागि नागरिक समाजको सञ्जाका संयोजक सरला कुमारी पाण्डे, सृर्जना विकास केन्द्रकी महासचिव शान्ति शर्मा  लगायतले वर्तमान संकट समाधानमा आ–आप्mना भनाइ राखेका थिए ।




Post a Comment

 
Top