0
अंग्रेजी नयाँ बर्षको अबसरमा सोमवारदेखि पोखराको मुख्य पर्यटकिय क्षेत्र लेकसाइडमा सुरु हुने १७औं पोखरा सडक महोत्सबको तयारी पुरा भएको छ । आयोजक रेष्टुरेण्ट एण्ड वार एसोसिएसन रेवान पोखराले शनिवार पत्रकार सम्मेलन गरी महोत्सबको सबै तयारी पुरा भएको जानकारी दिएको हो । बसुन्धरापार्क सहित लेकसाइडको तीन किलोमिटर क्षेत्रमा हुने पाँच दिने महोत्सबमा यो बर्ष पाल्पाको रामपुरबाट ६० जनाको दशावतार (बालम) टोलिको प्रस्तुति नयाँ सांस्कृति प्रस्तुतिको रुपमा भित्र्याउन लागिएको छ । त्यस्तै मगरको कौडा, तामाङ सेलो, किरात नाच लगायत विभिन्न जनजातिको झाँकी समेत प्रमुख आकर्षणको रुपमा रहनेछन् । महोत्सब अबधिभर लेकसाइडका रेष्टुरेण्टमा १५ प्रतिशत छुट सहितको छुट्टै मेनुको ब्यबस्था गरिएको अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । त्यस्तै पर्यटकीय स्तरीय होटलहरुमा ४० प्रतिशतसम्म छुटको ब्यबस्था गरिएको आयोजकले जनाएको छ । ‘सडकमै खाआंै, सकडमै नाचौ, सडकमै रमाऔ’ भन्ने नाराको साथ रेवानले बिगत १७ बर्षदेखि प्रत्येक अंग्रेजी नयाँ बर्षको अबसरमा सडक महोत्सब गर्दै आएको छ । महोत्सबको लागि लेकसाइड क्षेत्र ध्वजापतकाले सिंगारिएको छ ।




Post a Comment

 
Top