0
गोल्डेन न्यूज संवाददाता
पोखरा विश्वविद्यालय सभा सदस्यमा २३ जना मनोनित भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा विश्वविद्यालय ऐन २०५३ बमोजिम विभिन्न क्षेत्रका २३ जनालाई विश्वविद्यालय सभाको सदस्य पदमा ३ वर्षको लागि मनोनित गरेका हुन् । मनोनित हुनेहरुमा मध्य पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइराला, सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. भूषण श्रेष्ठ, त्रिवि वन विज्ञान अध्ययन संस्थानका सह–प्राध्यापक हरिप्रसाद त्रिपाठी, पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक कमल ढकाल, उप–प्राध्यापक कमलराज पौडेल, रहेका छन् ।
 
त्यस्तै प्रा.डा. शहीद रामनाथ दाहाल स्मृति कलेज काठमाडौंका क्याम्पस प्रमुख नारायण संग्रौला, युनाइटेड टेक्निकल कलेज चितवनका क्याम्पस प्रमुख बाबुराम उपाध्याय, एपेक्स कलेज, काठमाडौका क्याम्पस प्रमुख एल.पि. भानु शर्मा, नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) का क्याम्पस प्रमुख शिवहरि शर्मा मुडवरी, व्यवस्थापन विषय समिति पोखरा विश्वविद्यालयका अध्यक्ष प्रा.डा. प्रेमराज पन्त, अंग्रेजी विषय समिति अध्यक्ष प्रा.डा. श्रीधर प्रसाद लोहनी, इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन विषय समिति अध्यक्ष भेषराज कँडेल, स्कूल अफ बिजनेसका सह–प्राध्यापक राजेशकुमार ठगुराठी, स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इञ्जिनियरिङका उप–प्राध्यापक डा. रामप्रसाद अर्याल र स्कूल अफ इञ्जिनियरिङका उप–प्राध्यापक बुद्धिराज जोशी सभा सदस्यमा मनोनित भएका छन् । शालिग्राम पौडेल, सोमनाथ अधिकारी प्यासी, देवराज चालिसे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, विष्णु पौडेल, खगराज अधिकारी, हुतराज शर्मा, मित्रलाल सापकोटा र कृष्ण के.सी. पनि सभा सदस्यमा मनोनित भएको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए ।

Post a Comment

 
Top