0
गोल्डेन न्यूज संवाददाता
तीन दिनसम्म बन्द रहेको पोखराको प्याराग्लाइडिङ पुनः सञ्चालनमा आएको छ । ब्यबशायिक पाइलटले उडान अनुमति शुल्क नतिरहेको भन्दै नागरिक उड्डयन कार्यालय पोखराले उडान क्षेत्रमै पुगेर रोक लगाएपछि व्यवसायीले बन्द गरेको प्याराग्लाइडिङ उडान बुधवारबाट पुन सुरु भएको हो । समस्या समाधानको लागि मंगलबारको वार्ता भएको र सकारात्मक संकेत आएकाले आन्दोलन जारी राख्दै प्याराग्लाइडिङ भने संचालन गरिएको नेपाल हवाई खेलकुद संस्था नाका महासचिब बसन्त दवाडीले बताए । नागरिक उड्डयन कार्यालय पोखरा, नेपाल हवाई खेलकुद संस्था, पोखरा पर्यटन पुनःजागरण समिति र पर्यटन व्यावसायीहरु बीचको व्यवसायीहरु प्याराग्लाइडिङ उडान सञ्चालन गर्न राजी भएका हुन् । 
नेपाल हवाई खेलकुद संस्थाले अस्थायी उडान अनुमति पत्र  
(लाईसेन्स) प्राप्त गरेका व्यवसायिक पाइलटले उडान अनुमतिको लागि तिर्नुपर्ने पटके अनुमति शुल्क खारेजीको माग गरेको छ । सोहि शुल्क विवादको कारण नागरिक उड्डयनका कर्मचारीलाई उडान क्षेत्रबाटै पाइलटलाई फिर्ता पठाएका थिए । उडान अनुमति शुल्कको माग सम्वोधन नभए नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान सम्म पुग्ने उनीहरुले बताएका छन् । पोखरामा करिब एक सय ७ जना नेपाली प्याराग्लाइडिङ पाइलट भएपनि ५० प्रतिशतले कार्तिक मसान्त पछि उडान शुल्क नतिरेको नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख दिपक बरालले बताए । नागरिक उड्डयन कार्यालयले शुल्क नतिर्ने पाइलटलाई उडान भर्न नदिने चेतावनी दिएको छ । पहिलो चरणको अनुगमनमा अवैध रुपमा प्याराग्लाईडिङ गरेको भेटेमा ५ हजार, दोश्रो पटक हुदै तेश्रो पटकसम्म भेटेको खण्डमा लाईसेन्स नै खारेज गर्ने बरालले बताए। व्यवसायिक प्याराग्लाइडिङ पाइलटले मासिक ९ हजार ४५ रुपैयाँ उडान शुल्क तिर्दै आएका थिए ।









Post a Comment

 
Top