0
अन्ततः नेपालले चीनबाट पेट्रोलियम पदार्थ खरिद प्रकृया अघि बढ्ने भएको छ । भारतीय नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थ संकट भएपछि चीनबाट खरीद प्रकृयाका लागि पहल गरेको बेईजिङ्गस्थित नेपाली राजदुतावासले छिङ्घाईबाट पेट्रोलियम पदार्थ ल्याउन उपयुक्त हुने भन्दै सरकारलाई पत्र पठाएको हो । दुतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रमा छिङ्घाई स्थित सरकारी स्वामित्व प्राप्त रीफाईनरीबाट पेट्रोलियम पदार्थ खरीद गर्ने सम्झौता गर्ने संभावना भएकोले नेपाली टोली पनि बोलाएको छ । छिङ्घाईमा मंगलबार देखि डिसेम्बर १२ तारीखसम्म छिङ्घाई भ्रमण गरी खरीद प्रकृया अगाडि बढाईने राजदुतावासले बताएको छ । बुधबार डिसेम्बर ९ तारीखका दिन छिङ्घाईमा चिनका लागि नेपाली राजदुत महेश मास्केले उच्चस्तरीय भेट गर्नेछन् । खरीद प्रक्रियाका बारेमा कुरा गरिने उच्चस्तरीय छफलमा ल्हासास्थित नेपाली महावाणिज्य दूत, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल आयल निगमका प्रतिनिधिहरुलाई आमन्त्रित गरीएको छ । भारतीय नाकाबन्दीपछि नेपाल पेट्रोलियम पदार्थ संकट भएपछि सरकारले गएको अक्टोवर २८ मा चिनबाट पेट्रोलियम पदार्थ खरिद गर्ने सम्बन्धन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । त्यसपछि गत नोभेम्बर २३ देखि विभीन्न चरणमा नेपाल आयल निगम र पेट्रोचाईना वीच व्यापारिक सम्झौताका लागि छलफल भईरहेको थियो । निगमको टोली प्राविधीक अध्ययनको लागि चिन पुगेर फर्किसकेछि सम्झौताको संभाना बनेको भन्दै दुतावासले सम्झौता प्रकृयाका लागि पत्र पठाएको हो ।
व्यापासिरक सम्झौताका लागि पाँच पटक नेपालमा बैठक भएको र ७ पटक पत्राचार गरिएको थियो ।


Post a Comment

 
Top