0
कास्कीको लेखनाथ नगरपालिका १२ गगनगौंडा बजारमा शनिवार राति धुवाँले निसासिएर दुई बाबु र छोराको मृत्यु भएको छ । अत्यधिक चिसोबाट बच्नका लागि राति बालेको भुसा चुलोबाट निस्कीएको धुवाँमा निस्सासिएर गगनगौंडा बजारका ४२ वर्षीय इन्द्रप्रसाद अधिकारी र उनका ८ महिनाको छोरा अनमोल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आगलागीमा परि उनकी श्रीमती ३५ वर्षीय सावित्री अधिकारी गम्भीर विरामी भएकी छन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । कास्कीको निर्मलपोखरी स्थायी घर भएका अधिकारी केही समय अघि लेखनाथ १२ गगनगौडा बजारमा बसी हात हेराउने पेशा गर्दै आएका थिए । शनिबार राति चिसोमा न्यानोका लागि कोइला बाल्दा त्यसबाट निस्किएको धुवाँले कोठामा निसासिएर ८ महिनाको छोराको घटनास्थलमा र अधिकारीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको बताइएको छ । उनीहरुको विहान मात्र स्थानीय र प्रहरीले उद्धार गरेका थिए । ८ महिनाको बच्चालाई जाडोबाट जोगाउन उनिहरुले न्यानोका लागि कोइलाको प्रयोग गरेको र त्यसबाट कार्पेटसहित जलेर धुँवाले निसासिएको स्थानीयको भनाइ छ ।






Post a Comment

 
Top