0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला टेनिस(गोल्डेन) संघद्वारा आयोजित १३ औं पोखरा भेट्रान्स ओपन टेनिस प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको एकलतर्फ उपाधीका लागि श्रीराम मगर र कमल भण्डारी भिड्ने भएका छन् । पोखरा रंगशालामा मंगलबार भएको सेमिफाइनल खेलमा कमल भण्डारीले महेश श्रेष्ठलाई ६–१, ६–२ को सहज सेटमा पराजित गर्दै फाइनल प्रवेश गरे भने श्रीराम मगरलाई गोर्खाका राजु श्रेष्ठले वाकओभर दिए । ४५ वर्ष माथिको एकलतर्फ प्रदिप शाह र राजु श्रेष्ठ फाइनल प्रवेश गरे । प्रदिपले प्रतिस्प्रर्धात्मक खेलमा धरमबहादुर लामिछानेलाई ६–२, ५–७ र सुपरटाईमा १०–६ ले पराजित गरे भने राजुले सुनिल श्रेष्ठमाथि ६–३, ६–० को सहज नजिता निकाल्दै अन्तिम दुईमा आफूलाई उभ्याए । ३५ वर्ष माथिको डबल्समा उपाधीका लागि राजु श्रेष्ठ गोर्खा र चिराजु जंगबहादुर राणाको जोडिले आत्माराम कार्की र देवेन गिरीको जोडिसंग प्रतिस्पर्धा गर्ने भएको छ । 
राजु जोडिले कामठाण्डौका राजु श्रेष्ठ र कमल भण्डारीको जोडिलाई ७–५, ७–५ को कठिन सेटमा पराजित गरेर फाइनलमा स्थान बनाएको हो भने आत्माराम जोडिले पोखराका राजन पौडेल र निरज थापाको जोडिलाई ७–६, ३–६ र सुपरटाईमा १०–४ ले पराजित गरेको थियो । ४५ वर्ष माथिको डबल्समा पोखराका अनिल तुलाचन र धरमबहादुर लामिछानेको जोडि फाइनल पुगेको छ । सो जोडिले सुवर्ण ढाक्वा र डिआर शाहीको जोडिलाई ७–५, ६–१ को सेटमा पराजित गर्दै फाइनल सुरक्षित गरेको हो । उनीहरुले उपाधिका लागि चन्द्र शाहि र विकास राणाको जोडिसंग प्रतिस्पर्धा गर्नेछन् ।
५० वर्ष माथिको एकलमा पृथ्वी थकालीले पदम गुरुङ्गलाई ६–२, ६–२ मा पराजित गर्दै फाइनल प्रवेश गरे भने ५५ माथिको डबल्समा बि गुरुङ्ग र एमएलपी गुरुङ्गको जोडिलाई ६–३, ६–२ को सहज सेटमा पराजित गर्दै कुमार मोहनबहादुर शाहि र बिदुर विष्टको जोडि फाइनलमा प्रवेश गरे । ६० वर्ष माथिको एकल उपाधी डा.इन्द्र राईले जिते । उनले कुमार मोहनबहादुर शाहीलाई ९–६ ले पराजित गरेका थिए । प्रतियोगिताको फाइनल खेल बुधबार पोखरा रंगशालामा हुने छ ।









Post a Comment

 
Top