0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चलकै प्रतिष्ठित फुटवल प्रतियोगिता आहारारा गोल्ड कप सम्पन्न गर्न मूल आयोजक समिति गठन गरिएको छ । १४औं आहारारा गाल्डकप आगामी माघ ५ देखि १६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुदैछ । प्रतियोगिताका लागि सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल आयोजक समिति गरिएको हो । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगिताको मूल आयोजक समितिको सल्लाहकार सदस्यमा प्रशासनिक र स्थानीय निकायका प्रमुख, पत्रकार महासंघ कास्की, खेलकुद पत्रकार मञ्च कास्की, लगायत स्थानीय संघ संस्था, जिल्लामा क्रियाशिल विभिन्न राजनैतिक दलका प्रमुख, स्थानीय बुद्धिजीवी, खेलप्रेमी समेत गरी १ सय १ सल्लाहकार रहने व्यवस्था गरिएको महासचिव केशबराज बरालले बताए । क्लबको सोमवार बसेको बैंठकले वरिष्ठ उपाध्यक्ष केशब बहादुर थापा प्रतियोगिता संयोजक तथा महासचिब केशब राज बराललाई सदस्य सचिब चयन गरेको छ ।
हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, रेडबुलको सह प्रायोजन, माईक्रो म्याक्स मोबाईलकोउप प्रायोजन, पोखरा उपमहानगरपालिकाको संयोजन रहेको छ । त्यसै गरी राष्ट्रिय खेलकुद परिषदरअखिल नेपाल फुटबल संघरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिरजिल्ला खेलकुद विकास समिति कास्कीर एन्फा,कास्कीर सहारा यु.के.र सहारा हङ्गकङ्ग समेतको बिशेष सहयोग पावर्ड बाई नोभा दुध,अफिसियल ड्रिङ्ग वाटर ईको पानी सहयोगी संस्थाहरु सानमिगेल ,नमस्ते एजुकेशन, वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा अफिसियल एयर लाईन्स बुद्ध एयर प्रायोजक याट्स,एल जि.टि.भी. सानमिगेल, मस्ते एजुकेशन समेतको सहयोगमा उक्त प्रतियोगिता संञ्चालन हुने तयारी भएको हो ।
प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागिय टिम, लिग विजेता थ्री स्टार, मनाङ्ग मस्याँङ्गदी लगायत विभिन्न १२ टीमहरु सहभागी हुने भएको छ । प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवं विपन्नवर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २६ जना बालकहरुलाई निःशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने भएको क्लवले जनाएको छ । बालकहरु क्लबद्धारा निर्मित सुविधा सम्पन्न आवास गुह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ मा आश्रित छन ।

Post a Comment

 
Top