0
गोल्डेन न्यूज संवाददाता
गत बैशाख १२ गते गएको विनासकारी भूकम्पपछि रोकिएको घर निर्माण तथा नक्सापासलाई तत्काल संचालन गर्नका लागि लेखनाथ हाडवयेर्स ब्यवसायी समिति र निर्माण ब्यवसायी समितिले लेखनाथ नगरपालिकालाई ध्यानाकर्षण गरेका छन् । दुवै समितिका पदाधिकारीहरुले बिहीवार लेखनाथ नगरपालिकका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीको कार्यकक्षमा पुगि लिखित र मौखिक रुपमा भवन निर्माण आचर संहिता सहितको नक्सापास खुलाउनका लागि अनुरोध गरेका हुन्। छुटा–छुटै रुपमा पुगेका ब्यवसायीहरुलाई कार्यकारी अधिकृत भण्डारीले नेपाल सरकारले प्रतिपादन गरेको विल्डिङ कोणलाई आधार मानि लेखनाथलाई सुन्दर शहर निर्माणको अभियानमा सहयोग पुग्ने गरि जतिसक्दो छिटो नक्सापासको सिफारिस खुलाउने तयारीमा रहेको विश्वास दिलाएका थिए ।
 
सोही अवसरमा कार्यकारी अधिकृत भण्डारीले देशमा सृजीत विषम् परिस्थितिका कारण नक्सापासको सिफारिश खुलाउनमा केहि ढिला भएपनि आवश्यक प्रक्रिया पु¥याएर निर्माण ब्यवसायीहरुलाई प्रभावकारी तालिम उपलब्ध गराउने तयारीमा आफू रहेको जानकारी गराएका थिए। ध्यानाकर्षण गराउनका लागि लेखनाथ हाडवयेर ब्यवसायी समितिका अध्यक्ष ऋषिराम भण्डारी समितका पदाधिकारी र निर्माण ब्यवसायी समिति लेखनाथका अध्यक्ष किसान सिह गुरुङ लगायतको टोलीले नक्सापास रोकीदा निर्माण ब्यवसायीहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन् भने मजदूरहरुको रोजीरोटीमा नै असर पुगेको बताए ।

Post a Comment

 
Top