0
गोल्डेन न्यूज संवाददाता
माछापुच्छ«े विकास संघको २५ औं साधारणसभा  शनिवार सम्पन्न भएको छ । सोहि अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कास्कीका स्थानीय विकास अधिकारी रामचन्द तिवारीले माछापुच्छ«े विकास संघले लामो समयदेखि कृषि, वन, पर्यटन र वातावरणको क्षेत्रमा कार्य गर्दै आएकोमा प्रशंशा गरे । जिल्ला कृषि विकास कार्यालय कास्कीका वरिष्ठ कृषि विकास अधिकृत रमेशप्रसाद कोइरालाले सरकारले गर्न नसकेको ठाँउमा गैरसरकारी संस्था पुगेर सरकारको सहयोगी भएको बताए । सो अवसरमा लालीगुराँस इको क्लव, उदय मावि, धम्पुस, भाकारजुङ सामुदायीक वन उपभोक्ता समिति वडा नं. ५, कृषक पूर्णबहादुर गुरुङ, भदौरे–२, रस बहादुर गुरुङ, सल्यान–१ र पञ्चकोशी सामुदायीक होम–स्टे, आर्थरडाँडाँखर्कलाई सम्मान गरिएको थियो । माछापुच्छ«े विकास संघका अध्यक्ष अर्जुनकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला वन कार्यालय कास्कीका प्रमुख प्रभात सापकोटा, जिल्ला भु–संरक्षण कार्यालय कास्कीका प्रतिनिधि गंगाराम महतो, लिवर्डका अध्यक्ष कृष्णप्रसाद बराल, संघका साधारण सदस्यहरु महेन्द्रमान बेथित र सुन्दर गुरुङ, भानु पराजुली लगायतले वातावरण संरक्षणसँगै उत्पादनमुखी कार्य गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा संस्थाले गरेका कामको प्रभावकारी र नागरिक प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो । सोहि अवसरमा पिस कार्यक्रमवारे  गुणकुमार श्रेष्ठ, इबीएबारे  धर्मराज पौडेल, हरियो वनको खड्का गिरी र माछापुच्छ«े विकास संघको संस्थागत विवरण कार्यकारी निर्देशक दिलबहादुर भट्टराईले राखेका थिए । साधारणसभामा संघका सचिव गीता पौडेलले सचिव र कोषाध्यक्ष गोपाल गुरुङले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन पारित भएको थियो । २५ वर्षअघि स्थापित संघले पञ्चासेलाई कार्यक्षेत्र बनाएर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Post a Comment

 
Top