0
गोल्डेन न्यूज संवाददाता
पोखराको पुरानो टँुडिखेलमा जारी १० आंै बिटी कपमा मंगलवार सम्पन्न पहिलो खेलमा संगम ए ले ३–१ गोल अन्तरले नदीपुर एफ सीलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा संगमको तर्फबाट अञ्जन देवकोटाले दुई , विमल बस्नेतले एकगोल गरेका थिएभने नदीपुरको तर्फबाट सुजन बस्नेतले एक गोल गरेका थिए । दोश्रो खेलमा द्वीप युनाइटेड एफ सी र रामबजार युथ क्ल्व वीच भएको खेल १–१ गोलको बरावरीमा टुङगिएपछि ट्राइबेकरमा दिप युनाइटेडले ३–२ गोल अन्तरगर्दै दिप युनाइटेड एफ सी अघिल्लो चरणमा प्रवेश गरेको छ । तेश्रो खेलमा रि युनाइटेड एफसीले अन्नपूर्ण एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । खेलमा रि युनाइटेडको तर्फबाट सुरेश गुरुङले दुइ र बिजय श्रेष्ठले एक गोल गरे । चौथो खेलमा मालेपाटन एफ सीले ३–२ गोल अन्तर बनाउदै एसीए÷आइजीलाइ पराजित ग¥यो । खेलमा मालेपाटनबाट सुदिप गुरुङ, बिमल गुरुङ र फोनस कार्कीले एक एक गोल गरे भने एसीए÷आइजीको तर्फबाट तुलसी गुरुङले सान्त्वना स्वरुप दुई गोल गरे । पांचौ खेलमा पोखरा भ्याली स्पोर्टसले ट्राइबेकरमा ३–२ गोल गर्दे  लामाचौर एफ सीलाई पराजित गरेको छ । मंगलवार सम्पन्न अन्तिम खेलमा बाझापाटन १३ बी १३ले ३–० गोल अन्तरले रेन्सी युनाइटेडलाई पराजित गरेको छ । प्रतियोगितामा बी  १३ को तर्फबाट शिव सुवेदीले दुई र हरि गुरुङले एक गोल गरेका थिए । 

 पुस १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको चौथो दिन बुधवार एकता एफसी भर्सेस पोखरा भ्याली स्पोर्टस, बिटी ब्ल्यु भर्सेस विष्णुपादुका हेम्जा, एलजी एशोसिएशन भर्सेस शिसुवा, कुंडहर अन्नपूर्ण भर्सेस बी १३, नर्थ हर्न भर्सेस दिप युनाइटेड, काजीपोखरी एफ सी भर्सेस रि युनाइटेड र टुडिखेल एफ सी ए भर्सेस मालेपाटन एफसी बीच प्रतियोगिता हुने आयोकजले जनाएको छ । 













Post a Comment

 
Top