0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा पिससिटीको चौथो चाटर्ड नाइट कार्यक्रम सम्पन्न भएको छ । क्लवले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसर पारेर चाटर्ड नाइट कारेक्रम गर्दै आएको छ । पोखरा उपमहानगपालिका वडा नं. १७ दोविल्लामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर ध्रुवबहादुर थापाले लायन्समा आपसिक भाइचरा, नेतृत्व विकास र सामाजिक कार्यहरु महत्पूर्ण भएके बताएका छन् । उनले लायन्सका सदस्यहरुबीच सुमधुर सम्न्ध स्थापित गर्न चाटर्ड नाइटले महत्वूर्ण भूमिका खेल्ने स्पष्ट पारे ।
कार्यक्रममा पाष्ट मल्टिपल काउन्सिल चियर पर्सन दीपक श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य र डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी विश्वेश्वर आचार्य, लायन्स क्लव अफ पोखरा पिस चौतारी लायन्सका अध्यक्ष धनन्जय पौडेल, पिस टाउनका अध्यक्ष सविता बराल, पिस भ्यालीका अध्यक्ष टोलप्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लवका अध्यक्ष टंकराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष सुदीपराज ढुंगाना, निवर्तमान अध्यक्ष खेमनारायण काफ्ले, प्रथम उपाध्यक्ष जीवन ढुंगाना र सचिव राजेन्द्र ढकाल लगायतले बोलेका थिए ।

Post a Comment

 
Top