0
गोल्डेन न्यूज संवाददाता
युनाइटेड क्लव पोखराले चिडियाखाना निर्माणका लागि चिडियाखाना निर्माण सरोकार समितिलाई रकम हस्तान्तरण गरेको छ । स्थापना कालदेखि पोखराको अमरसिंहचौरमा आयोजना गर्दै आएको पोखरा महोत्सवको पांचौ महोत्सवबाट छुट्याइएको रकम मध्ये ५ लाख ५० हजार रुपैयाँ बुधवार एक कार्यक्रमका बीच पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण सरोकार समितिलाई हस्तान्तरण गरेको हो । शिक्षा, स्वास्थ्य, खेलकुद र पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना  निर्माण गर्ने उद्देश्यले अगाडि बढेको युनाइटेड क्लवले स्थापनाकालबाट शुरु गरेको महोत्सवदेखि पांचौ पोखरा महोत्सवसम्म आइपुग्दा चिडियाखाना निर्माणका लागि १५ लाख रुपैयाँ प्रदान गरिसकेको छ । बुधवार सम्पन्न कार्यक्रममा युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेल, क्लवका सचिव लालकाजी गुरुङ र कोषाध्यक्ष राजु श्रेष्ठले पोखरा चिडियाखाना निर्माण समितीका कोषाध्यक्ष दामोदर भक्त थापालाई संयुक्त रुपमा ५ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा वोल्दै पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण सरोकार समितिका कोषाध्यक्ष दामोदरभक्त थापाले पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माणका लागि क्लवले प्रदान गरेको रकमलाई चिडियाखाना निर्माणको खातामा जम्मा गरिने बताए । यसअघि जिल्ला विकास समितिमा राखिएको रकमलाई समेत राष्ट्रिय वाणिज्य बैंक तालचोक शाखामा रहेको चिडियाखानाको खातामा जम्मा गरेको र यो रकमलाई पनि सोही खातामा जम्मा गरिने उनको भनाइ रहेको थियो । छैठांै पोखरा महोत्सवलाई समितिले सहयोग गर्ने समेत उनको भनाइ थियो । कार्यक्रममा बोल्दै युनाइटेड क्लवका सचिव लालकाजी गुरुङ र कोषाध्यक्ष राजु श्रेष्ठले आफुहरु छैठौं पोखरा महोत्सवको पूर्व सन्ध्यामा चिडियाखाना निर्माण सरोकार समितिलाई रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउँदै पोखरामा चिडियाखाना निर्माणका लागि क्लव लागिपरेको उनीहरुको भनाइ थियो । त्यस्तै आगामी पुस ३० देखि हुने छैठौं पोखरा महोत्सवलाई सफल बनाउनका लागि सहकार्य गर्न समेत चिडियाखाना निर्माण सरोकार समिति र चिडियाखाना निर्माणका लागि लागिपरेका लेखनाथका सामुदायिक वनहरुलाई उनीहरुले आग्रह गरेका छन ।

कार्यक्रममा बोल्दै युनाइटेड क्लवका अध्यक्ष तथा पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण सरोकार समितिका अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सवको सुरुवात नै शिक्षा, स्वास्थ्य, खेलकुद र नया पर्यटकीय गन्तव्य पोखरामा चिडियाखाना निर्माण भनेर गरिएको र अहिलेसम्म आइपुग्दा १५ लाख रुपैयाँ रकम जम्मा गर्न आफूहरु सफल भएको बताए । आगामी पुस ३० देखि माघ १० गते सम्म अमरसिंह चौरमा हुने छैठौं महोत्सवबाट पनि २० प्रतिशत रकम चिडियाखाना निर्माणका लागि छुट्याइने उनको भनाइ रहेको थियो । कार्यक्रममा पचभैया सामुदायिक वन उपभोक्ता समिति लेखनाथका अध्यक्ष मोहनबहादुर घिमिरे, रुपाताल संरक्षण समितिका पदाधिकारी तथा युनाइटेड क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।















Post a Comment

 
Top