0
गोल्डेन न्यूज संवाददाता
नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपानेलाई शनिबार पोखरामा एक समारोहका विच विदाई गरिएको छ । वैदेशिक रोजगारीका लागि जापान जान लागेका अध्यक्ष न्यौपानेलाई मञ्च कास्कीले शनिबार विदाई गरेको हो । मञ्च कास्कीका उपाध्यक्ष सन्देश श्रेष्ठ, निवर्तमान अध्यक्ष विनोद लामिछाने लगायतको टोलीले अध्यक्ष न्यौपानेलाई मायाको चिनो सहित फूलमाला तथा खादा लगायर विदाई गर्दै जापान यात्राको सफलताको कामना गरीएको हो । मञ्च कास्कीको नवौं बैठकले अर्को व्याबस्था नभएसम्मको लागि उपाध्यक्ष सन्देश श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको सचिव दिननाथ बरालले बताए । कार्यक्रममा अध्यक्ष न्यौपानेले आफ्नो १५ बर्षे पत्रकारीताको तीता मीठा अनुभव सुनाउदै आर्थिक अबस्था केहि बृद्धि गर्नका लागि विदेश जानलागेको बताए । निकै भावुक भएका उनले भने “मलाई नपुगेर विदेश जान लागेको होईन, मेरो परिवारको थप बृद्धि विकासको लागि जान लागेको हुँ, म जहाँ रहदा पनि यस संस्थालाई आफूले सकेको सहयोग गर्ने छु ।” यसैवीच कास्की जिल्ला तेक्वान्दो संघका सचिव समेत रहेका न्यौपानेलाई शनिबार संघका पदाधिकारी तथा खेलाडी एवं प्रशिक्षकले बिदाई गरेका छन । संघका अध्यक्ष जगन गुरुङ सहितको टोलीले पोखरा रंगशालामा उनलाई विदाई गरेको हो ।

Post a Comment

 
Top