0
गोल्डेन न्यूज संवाददाता
पोखरामा रहेको सामुदायिक रेडियो गण्डकीले नयाँ कार्यक्रम रिचार्ज धमाका ल्याएको छ । रेडियोले नेपाल टेलिकमकको सहयोगमा शुरु गरेको कार्यक्रम पोखराको लागि नयाँ भएको  दावी गरेको छ । रेडियोले विहान साढे पाँच बजेदेखि राति १० बजे भित्र १० वटा रिचार्ज कार्डको पिन नम्बर प्रशारण गर्ने रेडियोका स्टेशन म्यानेजर घनश्याम पाण्डेयले बताए ।

रेडियो सुन्दै गर्दा नेपाल टेलिकमको धुन बजे संगै रेडियो बाट नेपाल टेलिकमको रिचार्ज कार्डको पिन नम्बर प्रशारण हुने र जुन श्रोताले छिटो नम्बर थिचेर रिचार्ज गर्छन उनीहरुको मोबाइलमा सोतह ब्यालेन्स बढ्ने छ । स्रोता लाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम भएकोले रेडियोको हजारौं स्रोता बढ्ने रेडियोले दाबी गरेको छ । जुन सुक्कै समय रिचार्ज कार्डको पिन नम्बर आउन सक्ने बताइएको छ । सो कार्यक्रम पहिलो पटक तीन महिनाको लागि सम्झौता भए पनि स्रोताको रोजाई अनुसार समय थप हुने नेपाल टेलिकमले जनाएको छ । कार्यक्रमले रेडियो गण्डकीका  स्रोता, विज्ञापनदाता, टेलिकमका ग्राहक सवैलाई फाइदा पुग्ने बताइएको छ । रेडियोले अझै न्युज र प्रोग्राम लाई गुणस्तरीय बनाउदै यस क्षेत्रमै स्रोताको मनजित्ने दावी गरेको छ । हजार वाट क्षमता रहेको रेडियो गण्डकी २०६४ सालमा स्थापना भएको सामुदायिक रेडियो हो ।  पोखराको नयाँ बजारमा रहेको रेडियोको स्टेशन, रेडियोको टावर  भने  स्याङ्जाको मट्टिखान डाँडामा रहेको छ । मट्टिखान  डाँडा समुद्री सतहबाट १ हजार ५५० मिटर उचाईमा रहेको छ  ।










Post a Comment

 
Top