0
गोल्डेन न्यूज संवाददाता
फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराले आज शनिबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्र्दै छ । पोखराको चिप्लेढुङ्गस्थित विपिचोकमा कार्यक्रम आयोजना गरिएको छ । संघद्वारा गठित समितिले कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पु¥याएको  कार्यक्रम संयोजक प्रजन कुमार थापाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । पोखरामा रगतको अभाव भइरहेको बेला संघले आयोजना गरेको कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै संयोजक थापाले रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गरिदिन संघमा आवद्ध सदस्यका साथै आम सर्वसाधारणलाई आग्रह गरेका छन् ।  रक्तदान कार्यक्रम समितिको सदस्यहरुमा राजु पौडेल र हरिपंसाद अधिकारी रहेका छन् । कार्यक्रमको उद्घाटन क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष एवं पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सञ्जीवबहादुर कोइरालाले गर्ने बताइन्छ । २०६४ सालमा स्थापित संघमा हाल पोखरामा रहेका ३७५ व्यवसायी आवद्ध रहेका छन् । 
यसैगरी लायन्स क्लब अफ लेखनाथ सेभेन लेक सिटीको आयोजना बुढिबजार बजार ब्यवस्थापन समितिले आगामी मंसिर २३ गते बुधबार लेखनाथ नगर स्तरीय बृहत् खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। पोखरामा देखिएको रगतको अभावलाई मध्य नजर राख्दै लेखनाथमा रहेका बिभिन्न संघ संस्थाहरुको सहकार्यमा लेखनाथ नगरपालिकाको बुढिबजारमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष अशोक प्रसाद बरालले जानकारी दिएका छन्। रक्तदान नै वीवन दान हो भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको रक्तदान कार्यक्रमलाई सफल पार्न क्लवका प्रथम उपाध्यक्ष मधुसुधन कोईरालाको संयोजकत्वमा विभिन्न तयारी उप–समिति गठन गरि तयारीलाई तीव्र पारिएको क्लबका सचिव दिपक ज्योती ढुंगानाले जानकारी दिए ।

Post a Comment

 
Top