0
नाकाबन्दीका कारण स्थानीय रूपमा उत्पादन हुने नेपाली हाते कागजको उत्पादनमा कमी आएपछि कृषकलाई मर्का परेको छ । सात वर्षअघि नेपाली हाते कागजको वार्षिक रु एक करोडसम्मको व्यापार हुने गरेकामा हाल रु ४० लाखसम्मको व्यापार हुनसमेत कठिनाइ हुन थालेको भक्तपुर क्रयाफ्ट पेपर लिमिटेड बागलुङले जनाएको छ । हाते कागजका लागि आवश्यक पर्ने लोक्ता बागलुङ, पर्वत र म्याग्दीमा प्रशस्त मात्रामा पाइए पनि उत्पादन भने बागलुङको तारा, तमान र पर्वतको नाम्लीवाङमा मात्र हुने गर्दछ । हाते कागजको उत्पादनबाट प्रत्यक्ष रूपमा तीन सय परिवार लाभान्वित भएका र उनीहरूले वार्षिक रूपमा रु २५ हजारदेखि रु एक लाखसम्म आम्दानी गर्ने गरेका फिल्ड अधिकृत भरत पुरी बताउछन्। फुर्सदको समयलाई सदुपयोग गर्न सके मौसमी रोजगारी कृषकले यस कागजको उत्पादनबाट आम्दानी लिन सक्ने उनको भनाइ छ । सीपको सदुपयोगबाट आफ्नै घरमा कागज उत्पादन गर्ने कृषकलाई बजारको कुनै समस्या नरहेको पुरी बताउछन् । लोक्ता सङ्कलन गर्दै आएका कृषकले यस कार्यलाई पेसाकै रूपमा अङ्गाल्न थालेपछि उत्पादन हुने रुखहरूको पनि संरक्षणमा कृषक आफँै जुट्न थालेका छन् । हाते कागजको उत्पादनबाट सरकारले अघि सारेको गरिबी न्यूनीकरणलाई निकै सहयोग पु¥याएको जानकारहरू बताउँछन् ।

Post a Comment

 
Top