0
राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ र फेशन स्टाईलिश तथा कोरियोग्राफर विशाल गुरुङको जोडी कस्तो देखिएला ? यो जोडीको रसायन मिल्ला कि नमिल्ला ? यो चासोको विषय हुन सक्छ । तर गायक तथा निर्देशक सोभित बस्यालले भने यी दुईजनाको जोडी जमाईदिएका छन् । युवापुस्तामाझ चर्चित एफएम विग एफएमले प्रचार–प्रसारमा प्रयोग गर्ने गरि निर्माण गरेको ‘भिडियो विज्ञापन’मा सिपोरा र विशालले जोडी जमाएका हुन् । ‘दुई जनाको केमेस्ट्रि निकै राम्रोसँग मिलेको छ ।’ भिडियो विज्ञापनका निर्देशक सोभित बस्यालले भने–‘यो जोडीलाई दर्शकले रुचाउनेमा म ढुक्क छु ।’ भिडियो विज्ञापन निकै उत्कृष्ट बनेको समेत उनले प्रतिक्रिया दिए । पोखरामा रहेर पनि राष्ट्रिय सेलिब्रिटिको उचाई पाएकी सिपोरा र स्टाईलिश विशाल गुरुङलाई विग एफएमको क्याच गरेर भिडियो बनाउनु निकै खुशिको कुरा भएको बस्यालले बताए । ‘यो दुवै पक्षको लागि राम्रो कुरा हो ।’ उनले भने–‘काम गराईको हिसाबले पनि मैले दुवै जनालाई निकै व्यवसायिक पाएँ, खुशि लाग्यो ।’ भिडियो विज्ञापनलाई मिलन शंकरले खिचेका हुन् । यो भिडियोको कोरियोग्राफि रोहन नेपालीले गरेका हुन् । भिडियो विज्ञापनलाई जय गिरीले सम्पादन गरिरहेका छन् । भिडियो एक हप्ता भित्र तयार हुने निर्माण यूनिटले जनाएको छ । विग एफएमले यो विज्ञापनलाई राष्ट्रिय तथा स्थानियस्तरका टेलिभिजन मार्फत प्रशारण गर्ने जनाएको छ । युवापुस्ताको क्रेज एफएमप्रति अझै बढि तान्नको लागि भिडियो विज्ञापन बनाएको विग एफएमले जनाएको छ । एफएमले यसअगाडि पनि एउटा भिडियो विज्ञापन बनाईसकेको छ । हाल त्यो विज्ञापन फिल्म हलहरुमा बज्दै आएको छ ।


Post a Comment

 
Top