0
गोल्डेन न्यूज संवाददाता
 विमानस्थलको धावनमार्गमा काँटी गडेको । त्यो पनि तीन वटा । अझ उत्तानो पारेर । अर्थात तिखो भाग फर्काएर । चौबिसै घण्टा नेपाली सेना र पहरा हुने ठाउँमा । तपाइ सायद सोच्नुहोला हुनै नसक्ने कुरा । तर यस्तै घटना भएको छ । यही पोखराको विमानस्थलमा । शनिबार बिहान पोखरा अल्ट्रालाइट र फिस्टेल एयरले प्रयोग गर्ने रन वे मा तीन वटा काँटी भेटिएपछि, त्यहाँ हङ्गामा मच्चिएको छ । ति काँटी पोखरा अल्ट्रालाइटका पाइलटले देखेका थिए । ‘धन्न ! सुरुमै पाइलटले देखे ।’ एयरपोर्टका एक अधिकारीले भने–‘यदी त्यही बाटो अल्ट्रालाइट हिंड्दा, त्यो किल्लामा परेको भए जे पनि हुन सकथ्यो ।’ किल्ला भेटिएपछि, जिल्ला प्रहरी कार्यालय कास्कीले मुचुल्का तयार पारेको छ । घटनाका बारेमा, पोखरा बिमानस्थलका अधिकारीहरु केही बोल्न चाहदैनन् । स्रोतका अनुसार भेटिएका किल्ला एक देखि डेढ इञ्च सम्मका थिए । पोखरा विमानस्थलका प्रमुख दिपक बराल भन्छन्–‘यो सुरक्षाको बिषय हो, मैले बोल्न मिल्दैन ।’ पोखरा अल्ट्रालाइटका जहाजहरु हिड्ने रन वे भएकाले यसलाइ विभिन्न कोणबाट, अनुसन्धान थालिएको सम्बद्ध अधिकारीहरु वताउछन् । तर उनीहरु कोही पनि आफ्नो नाम उल्लेख गर्न चाहदैनन् । एयरपोर्टमा तैनाथ सैनिक स्रोतका अनुसार भेटिएका काँटी हातलेनै उखालिएका छ । कडा सुरक्षा ब्यबस्था हुने बिमानस्थलमा बाहिरका मानिस आएर त्यसरी किल्ला गाड्ने संभावनानै हुन्न । हालसालै किल्ला भेटिएको वरपर कुनै निर्माण कार्य पनि नभएको पोखरा हटलाईनले छापेको छ  । पोखरा बिमानस्थलमा खटिएका प्रहरीको कमाण्ड गर्ने अञ्चल प्रहरी कार्यालय पोखराका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक एसएसपी महेन्द्र कुमार पोखरेलले घटनाको अनुसन्धान भइरहेको वताएको खबर पोखरा हटलाइनले पनि छापेको छ । ‘घटनाको बारेमा मैले जिल्लाको (कास्की प्रहरी) डिएसपी सापलाइ अनुसन्धान थाल्न वताएको छु । कसैको षड्यन्त्र हो की के हो ?अनुसन्धानपछि, खुल्ला ।’–उनले भने । जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी गजुरसिद्धि बज्राचार्यले प्रारम्भिक अनुसन्धानमा मानिसलेनै काँटी राखेको अनुमान गरिएको जानकारी दिदै घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जानकारी दिए ।





Post a Comment

 
Top