0
गोल्डेन न्यूज संवाददाता
हिमालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–२९ हेमजाका विशेष साधारण सभा तथा वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ। संस्थालाई आगामि दिनका कसरी आर्थिक रुपमा मजवुद बनाएर लान सकिन्छ भन्ने उद्देश्यका साथ शेर सदस्यहरुसग सुझाव लिन विशेष साधारण सभाको आयोजना गरेको हो । कार्यक्रममा सहभागिहरुले शेयर सदस्यले दिएको अधिकार प्रयोग गरेर मात्रै काम गर्न सञ्चालक समितिलाई सुझाव दिएका थिए। विशेष साधरणसभामा संस्थाका शेयर सदस्यहरुलाई आफ्नै सहकारीमा कारोवार गर्न आग्रह गरेका थिए । संस्थाको हाल सम्मको शेयर पँुजी तीन करोड ७६ लाख दूइ हजार छ सय, वचत संकलन पाँच करोड १९ लाख ६२ हजार सात सय ९० र ऋण लगानी आठ करोड २० लाख ७३ हजार दुई सय ३९ रहेको संस्थाका कोषाध्यक्ष भरतराज अधिकारीले जानकारी दिए। त्यसैगरि संस्थाले सञ्चालन गरेको लघुवित्त कार्यक्रममा ८० लाख भन्दा वढि लगानी भएको छ।
कार्यक्रममा हिमालय बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार मोतिराज तिमिल्सिना र पूर्व सल्लाहकार अर्जून पौडेलले बोलेका थिए । हिमालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष राजेन्द्रबहादुर सापकोटाले स्वागत र सचिव माधवशरण पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।



















Post a Comment

 
Top