0
गोल्डेन न्यूज संवाददाता
भारतको अघोषित नाकाबन्दीका कारण सिर्जित रगतको अभावलाई कम गर्न अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले रक्तदान कार्यक्रम बुधबार सम्पन्न गरेको छ । शहिद फणिन्द्र स्मृति दिवसका अवसरमा पोखराको पृथ्वी नारायण क्याम्पसमा सम्पन्न रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन गरिएको संगठनका अध्यक्ष विवेक देवकोटाले जानकारी दिए । कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका गण्डकी इञ्चार्ज मायानाथ अधिकारीले राष्ट्रलाई संकट परेको बखत युवा विद्यार्थीहरुले संकट टार्नका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले  भने–“विद्यार्थी शक्ति ध्वंसको धब्बा मात्र होइन रचनात्मक निर्माणको संवाहक पनि हो ।” कार्यक्रममा नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी, नेकपा एमाले जिल्ला सदस्य अर्जुन सुनाम, राष्ट्रिय जनसाँस्कृतिक महासंघ गण्डकीका इञ्चार्ज मनकुमार श्रेष्ठ, अनेरास्ववियु केन्द्रीय सदस्यहरु सरिता पुरी, जमुना ढकाल, अनेरास्ववियु गण्डकीका सचिव भरत गुरुङ्ग लगायतले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रम रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रम कमिटीका अध्यक्ष विवेक देवकोटाको अध्यक्षता, उपाध्यक्ष सुजनबाबु लामिछानेको स्वागत तथा सचिव अमृत ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।



Post a Comment

 
Top