0
गोल्डेन न्यूज संवाददाता
पोखरा–६,लेकसाइड खहरेका राजु थापा र उनको परिवारले पोखराको महतगौडामा रहेको श्रृजना बालगृहलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग प्रदान गरेका छन् । समाजसेवी थापा,  उनका श्रीमति नमुना बस्नेत, छोरी रेजीना थापाले बालगृहमा शनिबार आयोजित एक समारोहका विच बालगृहका व्यवस्थापक सुस्मा गुरुङ्गलाई कापी, कलम, फुटवल, भलिवल, ब्याडमिण्टन, लगायतका सामग्री हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै हालै अमेरिकाबाट आएका थापाले बालगृहमा रहेका द्वन्दपीडित बालबालिकालाई सहयोग गर्न पाउँदा आत्मैबाट खुसिको महशुस गरेको बताए । बालगृहका व्यवस्थापक सुस्मा गुरुङ्गले उक्त सामग्री बुझ्दै थापा जस्तै सहयोगीको सहयोगमा बालबालिकाले उज्यालो भविष्य प्राप्त गर्ने बताइन् । बालगृहमा २७ जना बालबालिका आश्रृत छन् ।



Post a Comment

 
Top