0
गोल्डेन न्यूज संवाददाता
लैंगिक हिंसा विरुद्ध अभियान नै चलाइएको पोखरामा महिला हिंसा विरुद्धका गतिविधिले विशेष प्राथमिकता पाएको छ । पोखरामा क्रियाशील महिला पत्रकारका साथै पत्रकारसंग सम्बन्धित विभिन्न निकाय, महिला तथा बालबालिका कार्यालय, नागरिक समाज, इन्सेक लगायतका संघ–संस्थाहरुले पनि महिला हिंसाका विषयलाई प्रमुखताका उठाएका छन् भने मानव अधिकार आयोगका साथै विभिन्न संघसंस्था, सामुदायिक सेवा केन्द्रहरु लगायतले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा अन्तक्र्रिया, अभिमुखीकरण र सचेतना कार्यक्रम आयोजना गरि महिला हिंसा विरुद्ध खुलेर बहस गरेका छन् ।
यसैक्रमममा क्रियाशिल पत्रकार महिला कास्कीले पनि पोखरामा अनुभव आदान–प्रदान कार्यक्रममा आयोजना ग¥यो । कार्यक्रममा बोल्ने वक्ताहरुले हिंसामा परेका महिलाहरुको  उद्धार  गर्नका लागि महिला सुरक्षा गृह्र बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले महिला सुरक्षा गृह्र बनाउनका लागि जग्गा उपलब्ध गराउन सम्बन्धित सरोकारवाला निकायसँग पहल गर्ने प्रस्ताव  समेत पारित गरेका छन् । कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जि.सी. ले काम गर्ने क्रममा धेरै वाधा अवरोध बेहोर्नु परेको बताउँदै महिलालाई न्याय दिलाउने क्रममा आफ्नो ज्यानै जोखिममा पनि पर्ने गरेको सुनाइन । सम्पन्न घरमा जन्मेकी जिसी परिवारले सानैबाट नझुक्न र डटेर अगाडि बढ्न प्रेरणा दिएको सुनाइन । उनले काम गर्ने क्रममा महिला भएकोले नै विभेद सहनुपरेको तर आफूले डटेर सामना गरेको बताइन । काम गर्ने क्रममा थुप्रै हिंसाका घटनाको सामना गर्नुपरेको बताउदै जिसीले लैङ्गिक हिंसाका घटना बढि चुनौतिपूर्ण रहेको स्पष्ट पारिन् । हिंसामा परेका महिलाहरुको संरक्षणका लागि सुरक्षा गृह नभएकै कारण पीडित पक्षको सुरक्षामा ध्यान केन्द्रित हुने भएकोले पीडकलाई कार्बाहीको दायरामा ल्याउनुपर्नेमा समेत उनले जोड दिइन । कास्की मै पनि धेरै शिक्षित महिला हिंसाको शिकार हुने गरेको भन्दैै प्रमख जिसीले सुरक्षा गृह भएको खण्डमा पीडितको सुरक्षित पनि हुने र पीडकलाई सजाय दिन पनि सजिलो हुने बताइन । सुरक्षा गृह बनाउनका लागि जग्गा उपलब्ध गराउन आग्रह गर्दा पनि सम्बन्धित निकायले वेवास्ता गरेको दुःखेसो पोखिन् ।
 
कार्यक्रममा बोल्दै नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले पनि सुरक्षा गृह निर्माण गर्न गरिने पहलमा आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाऐ । कार्यक्रममा पत्रकार गीता विष्ट, अधिवक्ता माधवी पाण्डे, बाल अधिकार अधिकृत बद्रीप्रसाद वाग्ले, रिलेक कास्कीका अध्यक्ष तुलसी दाहाल लगायतले महिला हिंसा र समाजले भोग्नुपरेको अवस्था बारेमा आ–आफ्नो भनाइ राखेका थिए । क्रियाशिल पत्रकार महिला  कास्कीकी अध्यक्ष सरिता तिमिल्सिना पगेँनीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव प्रमिला बरालले गरेकी थिइन । यसैगरी सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा १६ दिने महिला हिंसा विरुद्धको अभियान अन्तर्गत महिला हिंसा सम्बन्धी एक दिवसिय प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष विष्णु बहादुर भट्टराको अध्यक्षतामा भएको थियो । समाजमा हुने महिला हिंसा सम्बन्धी  अपराधहरुलाई कमि गराई आम नागरिकलाई चेतनाको विकास गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
 
पोखरा उपमहानगरपालिका वडा नं ९ स्थित शान्तिवन आमा समूह, शन्तिघाट आमासमूह, शान्तिदर्शन आमा समूह, शान्तिवन टोल विकास संस्था, शान्तिघाट टोल विकास सस्था, शान्तिघाट विकास संस्था, स्थानीय क्लब अपाङ्ग संघ पोखराको सहभागितामा भएको कार्यक्रमको प्रमुख अथिति जिल्ला प्रहरी कार्यालय कास्की महिला सेल प्रमुख प्रहरी निरीक्षक चन्द्रा कुमारी गुरुङ्गले रहेकी थिइन । कार्यक्रमकी प्रशिक्षक समेत रहेकी प्रमुख अतिथि गुरुङ्गले हाल समाजमा भईरहेका महिला हिंसाको वारेमा प्रष्ट पारेकी थिइन । उनले कसैलाई कुटपिट गरेरमात्र हिंसा गरेको नहुने तन मन र वचनले नराम्रो चिताउनु पनि हिंसाको नराम्रो रुप हुने भएकोले यसमा सबै सचेत रहनु पर्ने जोड दिइन । उनले महिला हिंसाबाट हुने कानूनी प्रक्रिया विषयमा प्रशिक्षण दिएकी थिइन   संस्थाकां प्रथम उपाध्यक्ष ध्रुव बहादुर क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए । त्यस अवसरमा कार्य समिति सदस्य शारदा सुवेदी, संस्थापक अध्यक्ष मंगलबहादुर नेपालीले हाल समाजमा भएको महिला हिंसा उल्लेख गर्दै यसको रोकथाम गर्न हामी सवैको दायित्व भएको बताए । कार्यक्रमका अध्यक्ष  विष्णुबहादुर भट्टराईले सामुदायिक सेवाको मुख्य उद्देश्य भनेकै अपराध न्युनिकरणका लागि जनचेतनामूलक कार्यक्रमका साथै पिछडिएका वर्गलाई माथि उठाउनुमा साथ दिने भएको हँुदा यस्ता कार्यमा सधंै लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रमको संयोजक कार्य समिति सदस्य दुर्गा देवी पहारीले कार्यक्रमको वारेमा जानकारी र संचालन सचिव प्रेम बहादुर कार्कीले गरेका थिए ।  

यसैगरी सामुदायिक सेवा केन्द्र बगर १ पोखराको आयोजना तथा नमूना आमा समूह भीमकाली पाटनको व्यवस्थापनमा महिला हिंसा विरुद्ध सम्बन्धी १६ दिने अभियान अन्तर्गत कानूनी सचेतना कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा महिला हिंसाको प्रकार र त्यसबाट बच्ने उपायको बारेमा सचेतना गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यालय बगरका प्रमुख उवं प्रहरी निरीक्षक मोहन बहादुर खाँणले महिला हिंसा सम्बन्धी जुनसुकै गतिविधि भए आफूले पीडकलाई कार्वाही गरेर छाड्ने प्रतिवद्धता जनाए । कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष सीता गुरुङ, निवर्तमान अध्यक्ष पुरुषोत्तम श्रेष्ठका साथै वडा सचिव मञ्जुबहादुर बस्नेत, टोल विकास  वडा समन्वय समितिका अध्यक्ष चन्द्र बहादुर गुरुङ, भीमकाली पाटन तमु समाजका अध्यक्ष धर्मराज गुरुङ, कार्यक्रमको सहभागीको तर्फबाट सावित्री पौडेल, नमूना आमा समूहकी उपाध्यक्ष दीपा बाँस्ताला लगायतले आ–आफ्नो भनाइ राखेका थिए भने कार्यक्रमको सहजीकरण अधिवक्ता गीता आचार्यले गरेकी थिइन । संस्थाका अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य कल्पना आचार्यले स्वागत र संचालन सचिव गिरी प्रसाद गुरुङले गरेका थिए । 



Post a Comment

 
Top