0
पोखरा—४ गणेशटोलमा भएको बाल भेलाले आयुषा पालिखेको अध्यक्षतामा ११ सदस्यीय ह्याप्पी बाल क्लब गठन गरेको छ । गणेशटोल टोल विकास संस्थाको समन्वयमा गठन भएको क्लबको उपाध्यक्षमा गृष्मा पालिखे, सचिवमा विजिता पालिखे, सह—सचिवमा चाँदनी वाटाजु, कोषाध्यक्षमा सजनी पालिखे र सहकोषाध्यक्षमा अस्मिता गुरुङ चयन हुनु भएको छ ।त्यस्तै सदस्यहरुमा अनिशा गुरुङ, लक्ष्मी वाटाजु, स्मृति थापा मगर, कृपा वजिमय र कस्ती पालिखे रहेका छन्। टोल विकास संस्थाका अध्यक्ष महेश पालिखेको अध्यक्षतामा भएको भेलाले क्लबको संरक्षकमा महेश पालिखे, सञ्जयकुमार श्रेष्ठ र प्रविण कूमार पालिखे चयन भएका छन् । त्यस्तै पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको टोल विकास संस्थाका सचिव सञ्जयकुमार श्रेष्ठले जानकारी दिए। क्लबका अध्यक्ष पालिखेले टोल भित्र रहेका बालबालिकालाई संगठित गर्ने बताउदै बालअधिकारका विषयमा सचेतना जगाउने प्रतिवद्धता व्यक्त गरे।

Post a Comment

 
Top