0
सौजन्य कृषि बजार प्रालिद्वारा पोखराको पृथ्वीचोकमा आयोजित कृषि व्यापार मेला आइतबार सकिएको छ । प्रालिले कृषि बजार सञ्चालनको अवसरमा यहि पुस ८ गतेदेखि मेलाको आयोजना गरेको थियो । मेलाको समापन भएपनि कृषि बजार भने निरन्तर सञ्चालनमा रहने सञ्चालक सन्तोष आचार्यले बताए । स्थानीय कृषिजन्य उत्पादनहरुको प्रवद्र्धन गर्न करिब ९५ वटा स्टल राखेर कृषि बजार सञ्चालनमा ल्याएको उनले बताए । कृषि बजारमा हेमजा, पामे, पुम्दीभुम्दी, स्याङ्जा लगायतका स्थानका अर्गानिक तरकारी, मुस्ताङको आलु, बन्दिपुरको भट्मास, गेडागुडि, कृस्ती, देउरालीको सुन्तला विक्रीमा रहेका छन् । आफ्नै फर्मको खसीबोका, रुपा र बेगनास तालको ज्युँदा माछा, सम्पूर्ण घरायसी सामान र लत्ताकपडा पनि कृषि बजारमा विक्रीका लागि राखिएको छ । आइतबार करिब १० हजार दर्शकले मेलाको अवलोकन गरेको मेलाका संयोजक समेत रहेका आचार्यले जानकारी दिए ।














Post a Comment

 
Top