0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिका वडा नं ८ को आँपडाडामा रहेको नवज्योति सनत दुर्गा निमाविले शनिबार देखि आप्mनो रजत जयन्ती शुभारम्भ गरेको छ। रतज जयन्ती कै अवसरमा विद्यालयका भवन निर्माण कर्ता सनत कुमार श्रेष्ठ र उनकी धर्मपत्नी दुर्गा श्रेष्ठले सनिबार संयुक्त रुपमा रजत जयन्ती शुभारम्भ सभाको उद्घाटन, शैक्षिक पुरस्कार वितरण तथा छात्रवृत्ति वितरण गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै सहयोगदाता सनत कुमार श्रेष्ठले शौक्षिक क्षेत्रमा केही गर्नु पर्छ भन्ने भावनाका साथ आफुले १२ कोठे विद्यालय भवन निर्माण गरेको भन्दै यस क्षेत्रको नमुना विद्यालय बनाउनका लागि स्थानीय अभिभावकहरुको पनि महत्वपूर्ण भूमिका रहनु पर्नेमा जोड दिएका थिए। विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष सरिता त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ नगरपालिकाका कानूनी सल्लाहकार राममणि अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका द्वितिय उपाध्यक्ष बलराम ढकाल, विद्यालय निरीक्षक भोजराज न्यौपाने, स्रोत ब्यक्ति विष्णु प्रसाद तिवारी, लेखनाथ सामुदायिक लायन्स अस्पतालका अध्यक्ष महेश्वर पाण्डे, नेपाली कांग्रेस लेखनाथ नगर अध्यक्ष राजेन्द्रमणि लामिछाने, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल, महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष पूर्णिमा बाँस्तोला लगायतले विद्यालयको शौक्षिक विकास र गुणस्तरीय शिक्षाका वारेमा आ आप्mनो भनाइ राखेका थिए।

विद्यालय प्रधानाध्यापक लिलामणि त्रिपाठीले विद्यालयको बर्तमान अवस्था र भावी योजनाका बारेमा जानकारी गराएको सो कार्यक्रममा स्वागत मन्तव्य विद्यालय ब्यवस्थापन समितिकी सदस्य सोभा न्यौपाने र संचालन शिक्षकद्वय सृजना तिवारी र राजेन्द्र लामिछानेले गरेका थिए। रजत जयन्ति कै अवसर पारेर विद्यालयले विविध सांस्कृतिक कार्यक्रम, खेलकुद सप्ताह, स्रोेतकेन्द« स्तरीय निमावि हाजिरीजवाफ प्रतियोगिता, माघ १६ गते राष्ट्रिय कविता वाचन प्रतियोगिता, माघ २२ गते अभिभावक भेला तथा अन्तक्र्रिया कार्यक्रम गर्ने भएको छ भने रतयन्तीको मूल समारोह फागुन ५ गते भवन उद्घाटन तथा रजत जयन्ती समापन र साथमा भवन निर्माण दाता तथा चन्दा दाताहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष सरिता त्रिपाठीले जानकारी दिएकी छन्। उक्त विद्यालयमा हाल एक सय ७० विद्यार्थी अध्ययनरत रहेका छन्।

Post a Comment

 
Top