0
छैठौ पोखरा महोत्सवको मुख्य प्रायोजक नेपाल शालिमार सिमेन्टले गर्ने भएको छ । नेपाल शालिमार सिमेन्ट र महोत्सव आयोजक युनाइटेड क्लव पोखरा बीच अघिल्लो वर्षजस्तै यो वर्षपनि पोखरा महोत्सवको मुख्य प्रायोजकमा सहमती भएको हो । 
मंगलबार नेपाल शालिमार सिमेन्ट गण्डकी धौलागिरी वितरक प्रमुख तथा सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश प्रसाद चौधरी र युनाइटेड क्लव पोखराका अध्यक्ष हिमालय बख्रेल बीच महोत्सवको मुख्य प्रायोजकको सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । उक्त अवसरमा वोल्दै नेपाल शालिमार सिमेन्ट गण्डकी धौलागिरी वितरक प्रमुख दिनेश प्रसाद चौधरीले स्वास्थ्य, शिक्षा, खेलकुदका साथै पोखराको पर्यटन प्रवद्र्धनमा चिडियाखाना निर्माणका लागि पहलकदमी अगाडि बढाउदै आएको युनाइटेड क्लव पोखरा संग नेपाल शालिमार सिमेन्टले अघिल्लो वर्षजस्तै पोखरा महोत्सवको मुख्य प्रयोजक बन्न पाउदा खुशी लागेको वताए । आफूहरुको प्रोडक्क नेपाल शालिमार सिमेन्टलाई पोखरा महोत्सवको माध्यामबाट आम उपभोक्ताहरु समक्ष पु¥याउनेमा आफूहरु आशावादी रहेको उनको भनाइ रहेको थियो ।
कार्यक्रममा वोल्दै क्लवका अध्यक्ष हिमालय बख्रेलले अघिल्लो वर्ष जस्तै यो वर्षपनि पोखरा महोत्सवको मुख्य प्रायोजकमा नेपाल शालिमार सिमेन्ट संग सहकार्य गर्न पाउदा खुसी लागेको वताउदै शालिमार सिमेन्टसंगको सहकार्यले पोखरा महोत्सव सभ्य र भब्य हुने वताए। सिमेन्टलाई आफुहरुको तर्फबाट सक्दो सहयोग गर्ने समेत उनको प्रतिवद्धता रहेको थियो । पोखराको अमरसिंह चौरमा आगामी पुस ३० देखि माघ १० गते सम्म छैठौ पोखरा महोत्सव हुदैछ ।

Post a Comment

 
Top