0
गोल्डेन न्यूज संवाददाता
नेपाली काङग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले पार्टी सभापति सुशिल कोइरालाले अब पार्टीको अभिभावकत्व निर्वाह गर्नुपर्ने बताएका छन् । कोइराला कुनैपनि पदमा नबसी अभिभावको भूमिकामा रहनुपर्ने उनको भनाई थियो । महाधिवेशन नजिकिंदै गर्दा नेता खाडँले रामचन्द्र पौडेल र शेर बहादुर देउवामध्ये एकले सरकारको र अर्काले पार्टीको नेतृत्व गर्नुपर्ने बताए । पोखरामा शुक्रवार अगुवा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा खाँडले यस्तो बताएका छन् । पार्टीको आगामी महाधिवेशन मा त्यागी नेतालाई मूल्यांकन गर्नुपर्ने उनले उल्लेख गरे। उनले प्रजातान्त्रिक पद्धतिको विकासका लागि काङ्ग्रेसका विकल्प नरहेको बताउँदै कार्यकर्ताहरुलाई निर्भिक भएर अगाडि बढ्न निर्देशन समेत दिए। तरुण दलका पूर्व अध्यक्ष समेत रहेका खाँडले तरुण दलले आफ्नो लागि सपना देख्नुभन्दा पनि मुलुकको हितको लागि सोच्नुपर्नेमा जोड दिए। यस क्षेत्रका तरुण दलका नेताले आफ्नै क्षेत्रकालागि योगदान गर्नुपर्ने उनको भनाई थियो । भारतले नाकाबन्दी लगाएको बताउदै उनले नाका खुुलाउनका सरकारले मात्रै पहल गर्न सक्ने उल्लेख दावी गरे । अहिलकोे संविधान लोकतान्त्रिक भएको उल्लेख गर्दै नेता खाँडले संविधान नै नपढी विरोध र समर्थन भएको बताए । उनले अगाडि भने–विरोध र समर्थन गर्ने दुबैले संविधान नै पढेका छैनन्, यसो हुनुमा व्यवस्थापकीय कमजोरी रहेको छ ।
पूर्वमन्त्री समेत रहेका खाँडले प्रधामन्त्री ओलीको भनाई रतौली खेलेजस्तो रहेको भन्दै जिम्मेवार हुन सुझाव दिए। खाँडले भने–मधेशमा पनि राष्ट्रवादी जनता छन्, राष्ट्रियता बलियो बनाउन सबैको भूमिका महत्वपूर्ण छ । तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा यस क्षेत्रका अगुवा कार्यकताहरुको उपस्थिति रहेको थियो । खाँड काङ्ग्रेस पार्टी कार्यालय कास्कीमा शनिवार आयोजित विपि चिन्तन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।









Post a Comment

 
Top