0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांगे्रस क्षेत्र नं १ कास्कीका क्रियाशिल सदस्य भोजराज गिरीको शनिवार निधन भएको छ । लामो समयदेखि नेपाली कांग्रेसको क्रियाशिल सदस्यका रुपमा पार्टीका विभिन्न तहमा रही योगदान पु¥याएका गिरीको कालिका स्थित आफ्नै निवासमा ६९ वर्षको उमेरमा निधन भएको हो । 
 गिरीका १ श्रीमती, १ छोरा र ३ छोरीहरु रहेका छन् । उनको  आइतवार लेखनाथको मदौरु घाट, सेतीनदीको किनारमा अन्त्येष्टि गरिएको छ । उक्त अवसरमा नेपाली कांग्रेस क्षेत्रिय सचिव सुरेन्द्रराज अधिकारी, क्षेत्रीय सदस्य विश्वरमण अधिकारी र लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछानेले संयुक्त रुपमा पार्टीको झण्डा ओढाई उनको  योगदानको स्मरण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए ।  यसैबीच नेपाली कांग्रेस क्षेत्र नं. १ कास्कीले आइतवार एक शोक विज्ञप्ति प्रकाशित गरी गिरीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

Post a Comment

 
Top