0
गोल्डेन न्यूज संवाददाता
कास्की मोडनाइज्ड एकेडेमी उच्च मा.वि. विद्यालयमा पौष १ गतेदेखि सञ्चालित खेलकुद प्रतियोगिता पौष ३ गते सु–सम्पन्न भएको छ । पूर्व प्राथमिक, प्रा.वि., नि.मा.वि., मा. वि. तथा उ.मा.वि तह गरी छुट्टा–छुट्टै खेल सञ्चालन भएका थिए । उक्त खेलकुद कार्यक्रममा पूर्व प्रा.वि तर्पm खेल सञ्चालन मन कुमारी गुरुङले गरेका थिए । कार्यक्रमको उद्घाटन सोही विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधा नेपालीले गरेका थिए । अन्य तहको खेल समायोजन तथा सञ्चालन विद्यालय इन्चार्ज शिवलाल उपाध्यायले गरेका थिए भने उद्घाटन विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले गरे । उद्घाटन क्रममा बोल्दै उनले खेलकुद जीवनको महत्वपूर्ण पाटो हो भन्दै यसले व्यक्तिगत क्षमतामा वृद्धि गर्नुपर्नेमा जोड । विभिन्न विद्या अन्तर्गत संचालित उक्त प्रतियोगिता अन्तरसदनात्मक रुपमा गराइएको थियो । उक्त सम्पूर्ण प्रतियोगिता संयोजन विद्यालयका अतिरित्तः क्रियाकलाप प्रमुख चुन नारायण श्रेष्ठ ज्यूले गर्नुभएको थियो भने अफिसियलको भूमिकामा गज बहादुर गुरुङ, आशिष श्रेष्ठ, शिवु ढकाल, जीवनाथ सुवेदी, मन कुमारी गुरुङ, सपना गुरुङ, निरोज के.सी., नर बहादुर लामा, सुरेश नेपाली र अमृत पौडेल रहेका थिए ।












Post a Comment

 
Top