0
केशवबहादुर थापा (संयोजक)
हरि पन्त
१४ औं आहारारा गोल्ड कप फुटबल प्रतियोगिताका लागि तयारी शुरु गरिएको छ । केही दिनअघि ५०१ सदस्यीय सल्लाहकार समिति गठन गरेको आयोजक सहारा क्लवले शनिबार विभिन्न उप–समिति गठन गरेको छ । प्रतियोगिताको मूल संयोजकमा क्लवका वरिष्ठ उपाध्यक्ष केशवबहादुर थापा रहेका छन् । ‘खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने मूल नाराका साथ आगामीे माघ ५ गतेदेखि १६ गतेसम्म पोखरा रङ्गशालामा संचालन हुने प्रतियोगिताका लागि विभिन्न उप–समिति गठन भएको क्लबका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशबबहादुर थापाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । गठित विभिन्न उप–समितिहरुमा अर्थ संकलन उप–समितिमा संयोजक मानार्थ सदस्य प्रकाश शेरचन, सह–संयोजकमा कोषाध्यक्ष विश्वराज बराल, उप–संयोजक दिलिपराज श्रेष्ठ, प्रचार–प्रसार उप–समितिमा सल्लाहकार नारायण कार्की, सह–संयोजक सुरेन्द्र बहादुर थापा, उप–संयोजक सुदर्शन रञ्जित रहेका छन् । 
यसैगरी शान्ति सुरक्षा उप–समितिमा सल्लाहकार खेमबहादुर गुरुङ्ग, सह–संयोजक हरिराम गुरुङ्ग, उप–संयोजक सुनिल गुरुङ्ग, खेल मैदान पूर्वाधार निर्माण एवं मैदान व्यवस्थापन उप–समिति मानार्थ सदस्य महेश गुरुङ्ग, सह–संयोजक पूर्व उपाध्यक्ष रामजी कार्की, उप–संयोजक विश्व तण्डुकार, आवास व्यवस्थापन उप–समिति संयोजक सल्लाहकार गणेश बहादुर भट्टराई, सह–संयोजक नवराज अधिकारी, उप–संयोजक तिलक क्षेत्री, सहभागी टीम सम्पर्क उप–समिति संयोजक सल्लाहकार शम्भु कार्की, सह–संयोजक लिलबहादुर थापा, उप–संयोजक सोमबहादुर जोशी, अतिथि सत्कार एवं स्वागत उप–समिति संयोजक पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार विक्रम थकाली रहेका छन् ।
त्यसैगरी प्रतियोगिता सहसंयोजक मन बहादुर क्षेत्री (काजी) उप–संयोजक रोजिना गुरुङ्ग, आयोजक टीम तयारी उप–समिति संयोजक सल्लाहकार टिका कार्की, सह–संयोजक राजकुमार गुरुङ्ग, उप–संयोजक प्रल्हाद हिराचन, मञ्च व्यवस्थापन उप–समिति संयोजक कृष्णबहादुर थापा, सह–संयोजक बिनु राना, उप–संयोजक मिन गुरुङ्ग, अनुशासन एवं प्राविधिकमा संयोजक सल्लाहकार आनन्द रञ्जित (केशब), स्वास्थ्य एवं प्राथमिक उपचार उप–समिति डा.नारायण गौतम, सह–संयोजक संस्थापक सचिव पूर्ण बहादुर गुरुङ्ग, उप–संयोजक डा.रविन्द्र प्रसाद श्रेष्ठ, लियाजन क्षेत्र उप–समिति संयोजक सल्लाहकार तेजबहादुर गुरुङ्ग, सहसंयोजक देवी रिमाल, उप–संयोजक रामजी अधिकारी, शिल्ड मेडल ट्रफी तथा प्रमाणपत्र व्यवस्थापन उप–समिति संयोजक सल्लाहकार सहारा यु.के.अध्यक्ष दिलिपकुमार गुरुङ्ग, सहसंयोजक पूर्ण बहादुर गुरुङ्ग, उप–संयोजक गोपाल के.सी., यातयात व्यवस्थापन उप–समिति संयोजक ऐन कुमार शाही, सह–संयोजक रविनकुमार श्रेष्ठ, उप–संयोजक सोमबहादुर जोशी र स्वयंसेवक परिचालन उप–समितिमा संस्थापक अध्यक्ष वसन्त थकाली, सह–संयोजक चित्रबहादुर पुन, उप–संयोजक देवी रिमाल रहेका छन् । विभिन्न उप–समितिमा क्लबका आजीवन सदस्य, साधारण सदस्य समेत नियुक्त गरि जिम्मेवारीको बाँडफाँड गरिएको क्लवका अध्यक्ष वीरभद्र आचार्यले बताए ।
हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, रेडबुलको सह–प्रायोजन, माईक्रो म्याक्स मोबाईलको उपप्रायोजन, पोखरा उप–महानगरपालिकाको संयोजन, राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल संघ र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की सहारा यु.के.र सहारा हङ्गकङ्ग समेतको विशेष सहयोग पावर्ड बाई नोभा दूध, अफिसियल ड्रिङ्ग वाटर ईको पानी सहयोगी संस्थाहरु सानमिगेल, नमस्ते एजुकेशन, वेष्ट अफफाईभ प्रायोजक पृथ्वीराजमार्ग बस संचालक समिति पोखरा अफिसियल एयर लाईन्स बुद्ध एयर प्रायोजक याट्स, एलजी .टि.भी. सानमिगेल, नमस्ते एजुकेशन समेतको सहयोगमा प्रतियोगिता संचालन हुने क्लवले जनाएको छ ।
नेपालका ए डिभिजनका क्लब, विभागीय टीम, लिग विजेता थ्री स्टार, मनाङ्ग मस्र्याङ्गदी लगायत विभिन्न १२ टीमहरु सहभागी हुने बताइन्छ । प्रतियोगिताबाट बचत हुन आउने रकम सहारा एकेडेमीमा खर्चिने भएको छ । क्लबद्वारा संचालित कठिन परिस्थिति एवं विपन्नवर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २६ जना बालकहरु लाई निःशुल्क शिक्षादीक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा क्लवले गर्दै आएको छ । हाल संरक्षित बालकहरु क्लबद्वारा निर्मित सुविधासम्पन्न आवास गृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ मा आश्रित छन् ।
यसैबीच प्रतियोगिता संयोजक केशवबहादुर थापाले भारतले लगाएको अघोषित नाकाबन्दी लम्विएपनि प्रतियोगितामा कुनै असर नपर्ने बताएका छन् । गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै क्लवका वरिष्ठ उपाध्यक्ष समेत रहेका थापाले त्यतिबेलासम्म नाकाबन्दी खुल्ने विश्वास व्यक्त गरे । उनले भने–‘नाकाबन्दीसंग प्रतियोगिताको कुनैपनि सरोकार छैन । नाकाबन्दी जारी रहेपनि प्रतियोगिता समयमै सफलतापूर्वक सम्पन्न हुन्छ ।’
उनले प्रतियोगिता सम्पन्न गर्न प्रायोजकहरुका लागि प्रपोजलहरु वितरण गर्ने काम जारी रहेको, मैदान पुनःनिर्माणको काम समेत शुरु भइसकेको जानकारी दिए । उनका अनुसार प्रतियोगितामा तीन विदेशी टीम भित्र्याउन छिमेकी मुलुकका केही क्लवहरुसंग समन्वय भइरहेको छ ।









Post a Comment

 
Top