0
पोखरा–१९, घार्मीमा रहेको भूमेपूज्ने कृषि सहकारी संस्थाको प्रथम साधारणसभा तथा भवन उद्घाटन गरिएको छ । सभाको उद्घाटन गर्दै पश्चिमाञ्चलका क्षेत्रीय कृषि निर्देशक बेनीबहादुर बस्नेतले कृषि क्षेत्रको विकासका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताए । उनले सरकारले ल्याएको २७ बुदेँ योजनाले पनि कृषि उत्पादन, बजारीकरण तथा कृषक सुरक्षामा जोड दिएको दाबी गरे । व्यवसायिक कृषि विना देशको आर्थिक विकास नहुने उनले बताए । जिल्ला कृषि विकास कार्यलयका प्रमुख रमेशप्रसाद कोइरालाले सरकारले दिएको अनुदानलाई उपयोग गरी कृषि उत्पादनमा लाग्न सुझाव दिए । सहकारीका अध्यक्ष रमेश वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा कुखुरा व्यवसायी पूर्णबहादुर सुनार, उत्कृष्ट ऋणि राजबहादुर सुनार, उत्कृष्ट बचतकर्ता विष्णुमाया वि.क, महिला उत्थान कृषक समूह, प्रवेशिका परिक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका सन्तती प्रज्वल सुनार र विनिता सुनारलाई सम्मान गरिएको थियो । 

त्यस्तै जेष्ठ नागरिक नरबहादुर सुनार र डिलमाया वि.क.लाई प्रमुख अतिथि बस्नेत र अध्यक्ष वि.क.ले दोसल्ला ओढाई सम्मान गरे । कार्यक्तममा पोखरा–१९ का वडा सचिव सूर्य नेपाली, पत्रकार शिशिर पौडेल, महेन्द्र मा.वि.का प्रधानाध्यापक बासुदेव पौडेल, नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष धर्ममान सिं भण्डारी, भूमेश्वर प्रा.वि व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम पौडेल, जनउत्थान सहकारीका सचिव विनोद नेपाली, संस्थाका उपाध्यक्ष विनु वि.क, सहकारीका जितबहादुर वि.क, रक्षा आमा समूहकीा अध्यक्ष कल्पना सुनार लगायतले सरकारले कृषि सहकारीको वृद्धि विकासका लागि ध्यान दिनुपर्ने बताएका थिए ।




Post a Comment

 
Top