0
गोल्डेन न्यूज संवाददाता
तनहुँको खैरेनीटार टँुडा घर भै हाल जापान निवासी उमा गुरुङले वुधवार लम्जुङको सुन्दरवजार स्थित आदर्श वाल उच्चमाविका भूकम्प प्रभावित वालवालिकालाई शैक्षिक सामग्री र डे«ेस हस्तान्तरण गरेकी छन् । सो विद्यालयमा अध्ययनरत १७ जना वालवालिकालाई कापी, कलम र डे«स हस्तान्तरण गरेको उनले जानकारी दिइन । त्यसैगरी हिजो उनले कास्कीका विभिन्न ३ वटा विद्यालयमा विद्यालय पोशाक र कापी कलम हस्तान्तरण गरिन् । उनले ती विद्यालयमा भूकम्पवाट प्रभावित अत्यन्तै विपन्न वालवालिकालाई ती शैक्षिक सामाग्री र पोशाक हस्तान्तरण गरेकी हुन् ।

कास्कीको रिभान स्थित निश्पक्ष माविका ५ जना वालवालिका, हरिप्रसाद निमावि खोराको मुखका विपन्न वालवालिका तथा श्री वराह उच्च मावि भेडावारीमा अध्ययनरत भूकम्प प्रभावित तथा विपन्न वालवालिकालाई शैक्षिक सामग्री तथा पोशाक हस्तान्तरण गर्दै उनले वालवालिका भूकम्पले प्रभावित भएपनि पढाईमा कुनै असर नपरोस भन्ने आफ्नो धारणा रहेको वताइन । भेडावारी उच्चमाविमा भर्खरै गोर्खा र धादिङवाट भूकम्प प्रभावित भएर आएका दुई वालवालिकाले समेत सो शैक्षिक सामग्री प्राप्त गरेका छन् । उनले ती विद्यालयहरुमा करिव ५० हजार वरावरको शैक्षिक सामग्री र पोशाक हस्तान्तरण गरेको बताइन ।

उनले वालवालिकाका लागि पनि सोही प्रकारको शैक्षिक सामाग्री वितरण गर्ने जानकारी दिइन । ‘यो मेरो नितान्त व्यक्तिगत लगानी हो, मैले भूकम्पले पारेको असर वालवालिकामा नपरोस् भन्ने हेतुले २ लाख रुपैयाँ वरावरको शैक्षिक सामग्री तथा पोशाकको लागि छुट्याएकी छु’,उमाले भनिन्–मैले नितान्त भूकप्प प्रभावित र असहाय वालवालिकालाई मात्र एक वर्षको लागि पुग्ने शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कोशिस गरेकी हुँ । तर सित्तैमा शैक्षिक सामग्री विद्यार्थीले पाउने भएपछि महादेवका त्रिनेत्र जस्तै गरी केही अविभावकहरुले विद्यालयमा राजनीति गरेर शैक्षिक सामग्री दूरुपयोग गर्ने चेष्टा पनि गरेको कांग्रेस कास्कीका नेता भोजवहादुर गुरुङले जानकारी दिए । सो रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस कास्कीका नेता भोजवहादुर गुरुङ, नेविसंघ केन्द्रीय सदस्य सरोज केसी र तरुणदल रामवजार वडा इकाई अध्यक्ष प्रेमलाल पुन लगायतले आ–आफ्ना भनाई राखेका थिए ।










Post a Comment

 
Top