0
गोल्डेन न्यूज संवाददाता
पोखरा बागलुङ बसपार्क–सराङ्कोट–ढिकुरपोखरी सडक योजनाको अधिवेशन सम्पन्न भयो । अधिवेशनले प्रेम बहादुर जिसीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा भरतराज अधिकारी, सचिवमा दुर्गा प्रसाद तिमिल्सिना, कोषाध्यक्षमा कमला गोतामे र सदस्यहरुमा नरहरि सुवेदी, भरतबहादुर थापा, जानुका ढकाल, खड्कबहादुर गुरुङ्ग र सूर्य बहादुर गुरुङ्गलाई सर्वसम्मत चयन गरेको थियो । त्यसैगरी सल्लाहकारहरुमा पुण्यप्रसाद पौडेल, लोकबहादुर थापा, बलराम तिमिल्सिना, लोकबहादुर खत्री र एकराज तिवारीलाई चयन गरिएको थियो ।यसअघि पूर्व जिविस सभापति पुण्य प्रसाद पौडेलले कार्यक्रमको उद्घाटन गर्दै यस बाटोले यस क्षेत्रको ३।४ गाविसलाई मात्र नभई पर्व जिल्ला समेतलार्य यातायात कृषि पर्यटन जस्ता क्षेत्रलाई महत्वपूर्ण योगदान गर्ने बताए ।

उक्त अवसरमा बागलुङ बसपार्कबाट २७ कि.मि ट्रयाक खोलिएको सडकको झण्डै १५।१६ किमी ८ मिटर चौडा हुने गरी ट्रयाक खोलिएको र यस वर्ष नेपाल सरकारबाट बहुवर्षीय योजनामा समावेश गरी रु.५ करोडको टेण्डर समेत गरी ठेक्कामा काम सम्पन्न गर्ने कार्य अगाडि बढेको जानकारी दिइयो । कार्यक्रममा नेपाली काँग्रेस सराङकोटका सभापति शमशेर बहादुर थापा, नेकपा एमालेका रणबहादुर थापा, राप्रपा नेपालका बलबहादुर खड्का, अखण्ड नेपालका विरबहादुर थापा, ढिकुरपोखरीका भरतराज अधिकारी, जनजागृति उच्च माविका पुर्व प्रअ बलराम तिमिल्सिना, समितिका सदस्यहरु नरहरि सुवेदी, जानुका ढकाल, भरतबहादुर थापा, सूर्य बहादुर अधिकारी, कमला गोतामे लगायतले बाटो सम्बन्धी आ–आफ्नो भनाइ राखेका थिए । उक्त अवसरमा समितिका पूर्व सदस्य मिनबहादुर भुजेलको असामयिक निधन भएकोमा एक मिनेट मौनधारण गरी शोक प्रस्ताव समेत पारित गरिएको थियो । समितिका अध्यक्ष प्रेम बहादुर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टीका स्थानीय नेता, समाज सेवीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन सचिव दुर्गा प्रसाद तिमिल्सिनाले गरेका थिए ।








Post a Comment

 
Top