0
गोल्डेन न्यूज संवाददाता
व्यस्थापिका संसदकी सदस्य एवं कास्की क्षेत्र नं. २ बाट निर्वाचित संविधानसभा सदस्य सारदा पौडेलले अन्नपूर्ण मिजार समाज पोखरा–१३ का लागि २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छन् । समाजले बुधबार पोखरा–१३ दुई कुलोको मुहानमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले समाजको भौतिक र वौद्धिक विकासका लागि सांसद विकास कोषबाट दुई लाख एक हजार रुपैयाँ दिने घोषणा गरेकी हुन् ।  कार्यक्रममा सभासद पौडेलले आफ्नो क्षमता आँफैले विकास गर्न लाग्नुपर्ने वताइन् । उनले आफ्नो क्षमता बृद्र्धिले समाज विकासमा ठूलो सहयोग पुग्ने सभासद पौडेलको जोड थियो । संसारमा महिला र पुरुष दुई जात वाहेक अन्य जात नभएको भन्दै पौडेलले नेपालमा कर्मको आधरमा विभिन्न जात नामकरण गरिएको भनिन् । नेपाली काँग्रेस कास्कीका युवा नेता भवसागर वरालले मिजार समाजले समाज विकासमा गरेको प्रगतिको प्रशंसा गरे । अन्नपूर्ण मिजार समाज पोखरा–१३ का कार्यवाहक अध्यक्ष शान्तवहादुर नेपालीको अध्यक्षतमा भएको कार्यक्रममा महिला तथा वाल उत्थान मञ्च पोखराका अध्यक्ष  विष्णु कार्की, नेपाली काँग्रेसका युवा नेता जयेन्द्र भण्डारी, उद्यमटोल विकास संस्थाका अध्यक्ष वेदनाथ वराल, मिजार समाजका सल्लाहकार आसविर नेपाली लगायतले वोलका कार्यक्रममा मिजार समाजका सल्लाहकार चेतवहादुर नेपालीले स्वागत र सल्लाहकार लक्ष्मी नेपालीले संचालन गरेकी थिइन ।


Post a Comment

 
Top