0
गोल्डेन न्यूज संवाददाता
छैठौं पोखरा महोत्सव सफल बनाउनका लागि विभिन्न समिति तथा उपसमितीहरु गठन गरिएको छ । पुस ३० देखि माघ १० गते सम्म अमरसिंह चौरमा युनाइटेड क्लव पोखराद्वारा आयोजना गर्न लागेको छैठौं पोखरा महोत्सवलाई सफल पार्नका लागी क्लवका अध्यक्ष हिमालय बख्रेलको संयोजकत्वमा मूल आयोजक समिति निर्माण गरि विभिन्न उपसमितिहरु गठन गरिएको छ । महोत्सवको सचिवालय संयोजकमा शुकवहादुर गुरुङ, प्रचार–प्रसारमा लालकाजी  गुरुङ, अर्थ तथा स्टल ब्यवस्थापनमा राजु श्रेष्ठ, कलाकार ब्यवस्थापनमा लोक बहादुर थापा, सुरक्षा ब्यवस्थापनमा कृष्णवहादुर थापा मगर, अतिथि सत्कारमा सावित्री थापा, ब्यानर ब्यवस्थापनमा गणेश तिमिल्सिना, अतिथि ब्यवस्थापनमा निर्मला लामिछाने, सरसफाइ व्यवस्थापनमा शान्ता वहादुर थापा, हस्तकलामा ओमराज गौतम, संघ सस्था तथा ¥यालीमा सम्मर बहादुर श्रेष्ठ, मूल्यांकन मेनकाजी गुरुङ, खाना व्यवस्थापनमा पुस्कल तिमिल्सिना, प्रकाशन तथा मुद्रणमा सन्तोष कार्की, स्वयंसेवक ब्यवस्थापनमा सूर्य बहादुर बानियाँ, पार्किङ ब्यवस्थापनमा दिनेश सुनार, पर्यटकीय स्टल ब्यवस्थापनमा भुवन ढकाल, अनुगमनमा भरत केसी रहेका छन । त्यसैगरी प्रायोजक ब्यवस्थापनमा कैलाशदेव पालिखे, महिला समुह परिचालनमा सविता श्रेष्ठ, टिकट ब्यवस्थापनमा अनिल गुरुङ, खानेपानी ब्यवस्थापनमा बिजयमान गुरुङ, विद्युत ब्यवस्थापनमा हरि श्रेष्ठ, मूलद्वार ब्यवस्थापनमा शिव वहादुर थापा, स्मारक निर्माण ब्यवस्थापनमा महेन्द्र भुर्तेल, विद्युतीय सुरक्षामा विकास भुर्तेल, प्राथमिक उपचार जयराम आचार्य, विद्यालय समन्वयमा शान्ता थापा, बीमा ब्यवस्थापनमा रामबहादुर थापा मगर, यातायात ब्यवस्थापनमा रमेशबहादुर कार्की, मञ्च सजावटमा दिवानी सुवेदी, महिला समन्वय समिति संयोजक पवित्रा गुरुङ, प्रमाणपत्र तथा मायाको चिनो ब्यवस्थापन पूर्णकला पोख्रेल, कार्यालय सहायक नवीन श्रेष्ठ रहेका छन । महोत्सवको सल्लाहकारहरुमा विश्वप्रकाश लामिछाने, सेती थापा, शुसिलराज पराजुली, क्याप्टेन फत्तेवहादुर गुरुङ, सम्मरबहादुर श्रेष्ठ, बलाकृष्ण शर्मा, शिववहादुर बराल रहेका छन् ।




Post a Comment

 
Top